शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पानी बादलु’मा सरोज, आश्मा र एलिसा

मङ्गलबार, ०४ कात्तिक २०७७, २० : ५९
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । पिरिम नलाउने, गलबन्दी–पछ्यैरीलगायत हिट गीतका गायक आशिष सचिनको नयाँ गीत ‘पानी बादलु’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा आशिषलाई स्वरमा रेश्मा पुनले साथ दिएकी छन् ।

गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । डान्सिङ शैलीको गीतको भिडियो पनि सोही अनुसार तयार गरिएको छ । जसमा गायक सचिनको अलवा एलिसा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माले कम्बर मर्काएका छन् । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्गबहादुर पुन ‘खबपु’ पनि देखिएका छन् ।

गम्भिर विष्टको निर्देशन तथा करियोग्राफी रहेको भिडियामा अर्जुन तिवारीको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । बजारमा आएको भन्दा केही नयाँ शैलीमा तयार गीत दर्शक श्रोताले मनपराउने बिश्वास रहेको गायक सचिनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप