शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमा ‘बलात्कारी संगठन’ बनाउने पक्राउ

मङ्गलबार, ०४ कात्तिक २०७७, २१ : २५
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा ‘रेपर एशोसिएसन’ (बलात्कारी सगठन) नामक पेज तथा समूह बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको माथागढी गाउँपालिका १ का अभिषेक नेपाल रहेका छन् ।

नेपालले फेसबुक पेज र ग्रुप बनाइ बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामाग्री पोष्ट गर्ने प्रतिक्रिया जनाउने गर्थे । उनले महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव शिष्टाचाविरुद्धको सामाग्रीसमेत पोष्ट गर्ने गर्थे ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय पाल्पाको समेत सहयोगमा घरबाटै पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन् ।

नेपालविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुर गरेको अभियोग लगाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप