त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने थप एकजना बुटवलबाट पक्राउ
काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको टौदह घर भएका निरज राना मगर छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले यसअघि सिराहा घर भएका रुपेश शाह र रविन लामालाई पक्रेको थियो ।
निरजलाई बुटवलमा पक्राउ गरेर काठमाडौँ ल्याइँदै छ । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा चारजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए ।
निरज त्यसदिन रुपेशको आग्रहमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक कुट्न गएको महानगरीय प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि पक्राउ गरिएका रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थि हुन् । पक्राउ परेकाहरुले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद