शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

मङ्गलबार, ०४ कात्तिक २०७७, २२ : ३५
मङ्गलबार, ०४ कात्तिक २०७७

एजेन्सी । अर्जेन्टिनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । विवरणअनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो ।विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप