धुलिखेल अस्पतालद्वारा कोरोना बिरामीका लागि लाग्ने उपचार शुल्क सार्वजनिक
मङ्गलबार, ०४ कात्तिक २०७७, २२ : ५२
काठमाडौं । धुलिखेल अस्पतालले कोभिड १९ को संक्रमणको उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको छ । मंगलबार अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै उपचार वापत लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको हो । अस्पतालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यही कात्तिक २ गतेदेखि लागू हुनेगरी बिरामीको अवस्था, धरौटी रकम, थप शुल्कको विवरण सार्वजनिक गरिएको हो ।
शुल्क विवरणअनुसार सामान्य लक्षण देखिएको कोरोना संक्रमित बिरामीको दैनिक शुल्क ३५ सय, धरौटी रकम ५० हजार लाग्नेछ । त्यस्तै मध्यम र जटिल बिरामीहरुका लागि दैनिक शुल्क ७५ सय र धरौटी रकम १ लाख लाग्नेछ । त्यस्तै जटिल बिरामीहरुका लागि दैनिक शुल्क १५ हजार र धरौटी रकम २ लाख लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक