शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई नम्बर प्रदेशसभाबाट ४० वटा विधेयक पारित

मङ्गलबार, ०४ कात्तिक २०७७, २३ : १२
मङ्गलबार, ०४ कात्तिक २०७७

जनकपुर । दुई नम्बर प्रदेशसभाको चौथो अधिवेशन मंगलवारदेखि औपचारिकरुपमै अन्त्य भएको छ । अहिलेसम्म प्रदेशसभामा ५२ वटा विधेयक दर्ता भएपनि ४० वटा विधेयक पारित भइसकेको अवस्था छ भने विधेयकमा रहेका त्रुटिहरु समेत संशोधन गर्ने क्रम जारी छ । चौथो अधिवेशनको ५ महिने अवधिमा १८ वटा विधेयक प्रदेशसभाबाट पारित भएका छन् । यसअघि प्रदेशसभाबाट २२ वटा विधेयक पारित भइसकेका थिए भने १२ वटा विधेयक दर्ता भई सभामा पेस भएका छन् ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवले चौथो अधिवेशनमा प्रदेश अनुसन्धान ब्यूरोको स्थापना, काम, कर्तव्य र अधिकार, स्वास्थ्य संस्था सेवा, प्रदेशको वन व्यवस्थापन, उद्योग व्यवस्थापन, प्रदेश पदक, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र दुग्ध विकास बोर्ड गठनसम्बन्धी व्यवस्था लगायतका विधेयकहरु पारित भएको जानकारी दिए ।

उनले यस अवधिमा निजामति कर्मचारी सेवाको गठन, बालबालिका संरक्षण, गाउँसभा र नगरसभाको कानून निर्माण, गाउँसभा, नगरसभा र जिल्ला सभाको कार्य सञ्चालन, प्रदेश सञ्चार, प्रदेश रेडियो, एफएम र टेलिभिजनको सञ्चालन र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा लगायतका विधेयक समेत पारित भई कानून बनिसकेको जानकारी दिए ।

ती विधेयकमाथि छलफल गर्न जम्मा ३७ वटा बैठक बसेका छन् । कोरोना महामारीका कारण चौथो अधिवेशनको बैठकमा अधिकांश प्रदेशसभा सदस्यले जुम बैठकमार्फत विधेयकमा दुई तिहाई बहुमत पुर्याएर पारित गरिएको निमित्त सचिव यादवले बताए । अहिलेसम्म पारित भएका विधेयकहरुमध्ये १३ वटा ऐन प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका र कानुनी मान्यता पाइसकेको स्पष्ट पारे ।

प्रदेश सरकारले ४० वटा कानून निर्माण गरेपनि संघीय कानून नबनिसकेका कारण कार्यान्वयनको समस्या उत्पन्न भएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप