बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एक दिनमा जुनपछिकै धेरैको मृत्यु

बुधबार, ०५ कात्तिक २०७७, ०७ : १५
बुधबार, ०५ कात्तिक २०७७

लन्डन । बेलायतमा कोरोनाको संक्रमण र मृतक संख्या पछिल्लो समयमा निरन्तर बढ्दै गैरहेको छ । मंगलबार सार्वजनिक कोरोना संक्रमित मृतकको संख्या गत जुन पछिकै सबैभन्दा बढी हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ का अनुसार मंगलबार सार्वजनिक २४ घन्टाको मृतक संख्या २ सय ४१ जना रहेको छ 

गत हप्ता मंगलबारको तुलनामा मृतक संख्या पाँच गुणा बढी हो भने यो संख्या जुनपछिको सबैभन्दा बढी हो ।  योसंगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ९ सय ६७ पुगेको छ । यद्धपि कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने  मृतक संख्या ५८ हजार भन्दा बढी छ ।

यसैगरी  मंगलबार साँझ सार्वजनिक पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या पनि २१ हजार ३ सय ३१ रहेको छ । लगभग २ लाख ६० हजार परीक्षण गर्दा २१ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।हालसम्म बेलायतमा संक्रमितको संख्या ७ लाख ६२ हजार ५ सय ४२ पुगेको छ ।

हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३१ रहेको छ भने ६ सय २९ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा ८ सय ६० जना अस्पताल भर्ना भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप