कर्मकाण्ड आमा र यमदूतहरु— ९

ती को हुन्, जो वैतरणी नदीको यातनापथतर्फ घिसारिन अभिशप्त छन् ?

शोकाकुल श्रोताहरू स्तब्ध : सिकारहरूमाथि वाणको गहिरो प्रभाव देखेर कथावाचक बाजे पुलकित

person explore access_timeकात्तिक ५, २०७७ chat_bubble_outline0

 

 

 

 

बीस

“श्री गणेशाय नमः”— यातना पुराणको तेस्रो अध्यायको द्वार खुल्यो । गरुड नामक पात्रको यम–मार्ग छिचोलेर यमालयमा पुगेको प्रेत–मनुष्यले कस्तो यातना भोग गर्छ भन्ने प्रश्नको उत्तरमा श्री भगवान् नामक पात्र भन्न थाले, “हे कश्यवंशीय गरुडजी ! बहुभीति नामक अत्यन्तै डरलाग्दो सहरदेखि अगाडि चवालीस योजन ठूलो धर्मराज नगर छ, जहाँ ‘हा, हा, मर्‍यौँ !’ भन्ने हाहाकारले युक्त भएको पातकी चिच्याउन लाग्दछ । त्यसले कराएको सुनी यमराजका आठपहरियाहरू ‘ए ! यस्तो पापी आइपुग्यो भनी ढोकेलाई सुनाउँछन् ।”

कथाको तत्त्व उही छ— मृतकको प्रेतलाई सताएर उसका जीवित आफन्तहरूका अन्तरमा हाहाकार मच्चाउनु । कथाको ध्येय उही छ— आफन्तहरूका मन–मस्तिष्कमा शोक, भय र आतङ्कको कोलाहल सिर्जना गरी पीडित प्रेतको मुक्तिको नाममा सकेसम्म धेरै निचोर्नु । आतङ्ककारी कथा अघि बढ्यो । ढोकेले चित्रगुप्तलाई खबर दियो । चित्रगुप्तले यमराजका हजुरमा प्रेतका कर्महरूबारे बिन्ती चढायो । आफ्ना गुप्तचरहरूबाट प्रेतबारे इतिवृत्त बुझेपछि प्रेतलाई आफ्नो अगाडि उभ्याएर यमराज अत्यन्तै डरलाग्दो रूप देखाउन थाल्यो । प्रेत देख्छ— आफ्नो सामुन्नेमा भयङ्कर लट्ठी हातमा लिएर राँगामाथि चढेका, प्रलयकालको मेघको जस्तो गर्जन गर्ने, गाजलको जस्तो रङ भएका, विजुलीको चमकजस्ता तरवारले सज्जित, डरलाग्दा बत्तीस हातले युक्त, बाह्र कोश फैलिएका कुवाजस्ता गहिरा आँखा भएका, ओडारजस्ता मुख र बन्चराजस्ता दाह्रा भएका, विकराल जिब्रा बाहिर निकालिरहेका र मुसलजस्ता लामा नाक भएका यमराजका रूपहरू प्रकट हुन्छन् । यता चित्रगुप्त आफैँ कम भयङ्कर छैन । ऊ मृत्युकारक ज्वरोको अस्त्रले सज्जित छ ।

https://www.facebook.com

कथाको तत्व उही छ— मृतकको प्रेतलाई सताएर उसका जीवित आफन्तहरूका अन्तरमा हाहाकार मच्चाउनु । कथाको ध्येय उही छ— आफन्तहरूका मन–मस्तिष्कमा शोक, भय र आतङ्कको कोलाहल सिर्जना गरी पीडित प्रेतको मुक्तिको नाममा सकेसम्म धेरै निचोर्नु । आतङ्ककारी कथा अघि बढ्यो ।

अब यावत् यमदूतहरू यमराजतुल्य भएर पापीनेर झुम्मिँदै प्रलयङ्कारी गर्जन गर्न थाल्छन् । यहाँनेर कथावाचक पुरोहित बाजेको सचेतनकारी जल श्रोताहरूमाथि बर्सिन्छ । र, जलको आकस्मिक प्रहारले तर्सिएका श्रोताहरूका कानबाट तिनका अन्तरमा भेदन गर्ने स्वरमा वाचक वाचन गर्छ, “यस्ता प्रकारले मूर्ख पापी जो छ सो तिनलाई देखेर ‘हा, हा !’ यस्तो भन्न लाग्दछ । जसले ब्राह्मणलाई कहिल्यै पनि दान गरेको छैन, त्यो पापी काम्न लाग्दछ र बारम्बार कराउँछ ।” वाचक बाजेका मुखबाट यमराजको दलालरूपी चित्रगुप्त आफ्ना ख्यामित्को आज्ञाबमोजिम गर्जिन्छ, “अरे, अरे ! खराब काम गर्ने अहङ्कारले भ्रष्ट भएका पापी हो ! धर्म–अधर्मको विचार नभएका तिमीहरूले के कामका निमित्त पाप कमायौ ? मनुष्य जुनीमा गरेका पापकर्मको बदला अहिले यहाँ यातना भोग्नुपर्दा हे पापी हो ! किन मुख बिगार्छौ ?”

चित्रगुप्तको हुङ्कार सुन्दा पापी प्रेत निःशव्द भई मूर्तिवत् उभिन्छ । त्यसपछि धर्मराज आज्ञा दिन्छ— यसको कर्मअनुसार यसलाई उचित यातना दिनू । आज्ञा भुइँमा खस्न नपाउँदै दूतहरू प्रेतलाई भकाभक ठोक्न थाल्छन् ।

“अरे पापी ! अति डरलाग्दा महाघोर नरकतिर हिँड् !”

काँडे तारका डोरीले बाँधिएको प्रेत नरक चलान हुन्छ । नरकमा दन्किरहेको आगोको ज्वाला भएको एउटा रुख छ— बीस कोश फैलिएको र चार कोश अग्लो । प्रेतलाई उँधो मुन्टो पारेर साङ्लाले बाँधी त्यसै रूखमा झुन्ड्याइन्छ र ड्याम् कि ड्याम् पिटिन्छ । जलेर खाक हुन लागेको प्रेत रुन थाल्छ । तर निर्मम यमदूतहरूको चौतर्फी तानाशाही व्याप्त भएको त्यो परिवेशमा उसको रक्षार्थ हात बढाउने कोही छैन । कथालेखक मूल पुरोहितको वर्णनअनुसार त्यो रुख शाल्मली अर्थात् सिमल हो । त्यो रुखका हाँगा–हाँगामा लटरम्म फल फलेझैँ भोक र प्यासले लखतरान परेका र यमदूतहरूले कुटेर थङ्थिलो पारिएका प्रेतहरू झुन्डिएका छन् । कथालेखक चरम् यातनाको सहाराले तिनका मुखबाट साबिती बयान गराउँछन्, “हे दूत हो ! मेरो अपराध क्षमा गर्नोस् !” तर हृदयविदारक निवेदनको प्रत्युत्तरमा यमदूतहरू फलामका लट्ठी, तरबार, गदा र मुसलले तिनलाई सास्ती दिन्छन् । यातनाको तोडमा परेर मूर्च्छित भएका प्रेतहरूलाई यमदूतहरू भन्छन्, “अरे, अरे ! पापी दुराचारी हो ! केका निमित्त खराब चेष्टा र पाप गर्‍यौ ? किन जल र अन्नहरू ब्राह्मणलाई दान गरेनौ ?”

कथालेखक चरम् यातनाको सहाराले तिनका मुखबाट साबिती बयान गराउँछन्, “हे दूत हो ! मेरो अपराध क्षमा गर्नोस् !” तर हृदयविदारक निवेदनको प्रत्युत्तरमा यमदूतहरू फलामका लट्ठी, तरबार, गदा र मुसलले तिनलाई सास्ती दिन्छन् । यातनाको तोडमा परेर मूच्र्छित भएका प्रेतहरूलाई यमदूतहरू भन्छन्, “अरे, अरे ! पापी दुराचारी हो ! केका निमित्त खराब चेष्टा र पाप गर्‍यौ ? किन जल र अन्नहरू ब्राह्मणलाई दान गरेनौ ?”

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा जल र अन्नहरूको दान प्राप्त गर्ने भाग्यमानी ब्राह्मण यिनै हुन्, जो अहिले स्वाद मानी–मानीकन यातनापुराण वाचन गरिरहेछन् ।

कथा यहाँनेर आइपुग्दा नरकलोकको हिन्दू वर्णव्यवस्थाको क्रूर यथार्थ प्रतीकात्मक रूपले उद्घाटित भयो । प्रेतलाई नानावली यातना दिँदा आफैँ थकित भएको यमदूतले त्यो कुरा स्वीकार गर्‍यो, “हामी त उनकै आज्ञाले अपराधीहरूलाई दण्ड दिनेमात्र हौँ ।” यहाँ ‘उनकै’ भन्नुको तात्पर्य धर्मराजको अथवा दास–दासीहरूका मालिकको हो । र, यी ‘हामीहरू’ चाहिँ दासहरूमध्येबाट बलात् भर्ती गरिएका यातनाका दोपाया उपकरणहरू हुन् । आत्म–स्वीकारोक्ति प्रकट गर्नासाथ यमदूतहरू संस्कारजन्य स्वामीभक्ति प्रकट गर्दे प्रेतहरूलाई पुनः निर्ममतासाथ हिर्काउन थाले । रगतपच्छे भई बलेका अङ्गारजस्ता भएका प्रेतहरू झुन्ड्याइएका ठाउँबाट तल खस्दा त्यसका झट्काहरूले सिमलका पातहरू पनि झरे । खसाइको आघातले प्रेतहरूका शरीर क्षत–विक्षत भए । कुकुरको लुछाइमा परेका प्रेतहरू रुन थाले, यमदूहरूले तिनका मुखमा धूलो कोचिदिए । अनि तिनलाई डोरी र साङ्लाले बाँधेर थाले फेरि मुङ्ग्राले दनादन कुट्न थाले । कसैले शिरदेखि जाँघसम्म तिनलाई आराले चिरेर दुई फ्याक पारे, कोही जमिन खनिएझैँ गरी कोदालाले टुक्राटुक्रा हुने गरी खनिए । कसैको आधा शरीर खाल्डामा गाडेर उसका शिरमा वाणले ताडना गरियो । कसै–कसैलाई त कोलमा हालेर उखुका गिँड पेलेझैँ पेल्न पनि बाँकी राखिएन । कसैलाई आगाको भुङ्ग्रोमा फलाम तताएझैँ तताइयो । कोही तातेको घिउमा, कोही भकभकी उम्लिरहेका तेलका कराईमा पिल्स्याइए । कोहीचाहिँ हात्तीलाई कुल्चाउन बाटामा फालिए । कोही हात–खुट्टा बाँधेर रुखका हाँगामा उँधो मुन्टो पारेर टाँगिए । यता कोही कुवामा डुबाइए, उता कोही पहाडबाट खसाइए । वज्रजस्ता चुच्चा भएका काग र गिद्धहरूले कसैका आँखा झिके, कसैका मुख र शिरमा ठुँगे ।

त्यसपछि नरलोकका मख्खीचुस साुहहरू प्रेतसँग ऋण उठाउन र धरौटी राखिदिएको धन उपर गर्न नरकमा आइलागे । ऋण र धरौटी नतिरेको पाप तँ भोग्दै छस् भनी तिनले खुच्चिङ गरे । यता बाँचुन्जेल पीडा दिने तिनै मालिकहरू थिए, मरेपछि उता सताउन पुग्ने पनि तिनै मालिकहरू भए । इहलोकका मालिकहरू र नरकका मालिकहरूमाझ गोप्य गठबन्धन देखियो । मानाैँ ऋण तिर्न नसकी मरेकाहरूका प्रेतहरूलाई यातना र पीडा दिलाएवापत यमराजहरूका नाइके धर्मराजले केही यातना–भाग पाउने अलिखित सम्झौता भएको छ ।

कथाको विषालु लहरो झ्याङ्गिँदो छ । सिमलको रुखको सेरोफेरोमा चरम् यातनाकारी चौरासी लाख नरकहरू छन् । तिनका स्वभावअनुसारका नाम छन् । जस्तो कि रौरव, महारौरव, कालमूत्रक, अन्धतामिश्र, कुम्भिपाक आदि । उः कथावाचकका वचनमा प्रेतलाई पहिलो नरक तामिश्रमा हुत्याइयो । मानौँ निकट अतीतमा प्राण त्याग गरेका आफ्ना प्रियपात्रलाई नै तामिश्र नरकमा हुत्याइएको हो भन्ठान्दै शोकाकुल श्रोताहरू स्तब्ध भए । आफ्ना सिकारहरूमाथि वाणको गहिरो प्रभाव देखेर कथावाचक बाजे भने पुलकितझैँ देखिए ।

यातना पुराणमा स्वास्नीमानिसको प्रसङ्ग बीचमा कतै हराएको थियो । स्वास्नीमानिस पनि समानरूपले लादभायक सिकार हो भन्ने प्रिय सत्यको स्मरण गर्दै कथालेखक मूल पुरोहितले टुटेको कडी जोडेर प्रकाश पारे, “यी यावत् नरकहरूको यातना स्त्री–पुरुष दुवैले भोग्नु अनिवार्य छ ।” कथामा त्यसपछि पापको वर्गीकरण अनुसार पापीलाई यथोचित नरक प्रदान गर्ने काम भयो ।

यातना पुराणमा स्वास्नीमानिसको प्रसङ्ग बीचमा कतै हराएको थियो । स्वास्नीमानिस पनि समानरूपले लादभायक सिकार हो भन्ने प्रिय सत्यको स्मरण गर्दै कथालेखक मूल पुरोहितले टुटेको कडी जोडेर प्रकाश पारे, “यी यावत् नरकहरूको यातना स्त्री–पुरुष दुवैले भोग्नु अनिवार्य छ ।” कथामा त्यसपछि पापको वर्गीकरण अनुसार पापीलाई यथोचित नरक प्रदान गर्ने काम भयो । पुरोहितजी उवाचः, “नरकहरूमध्येको अन्तिम नरक अन्धतामिश्र नामक नरक हो जो मृत्युलोकको पनि पातालमा पर्दछ । जब प्रेतले यी समस्त नरकहरूको यातना भोगिसक्छ, ऊ पवित्र भई यसै लोकमा आउन पाउँछ ।”

यहाँनेर कल्पनाशील कथालेखकको नरद्वेषी दूरदर्शिताको विछट्टको झलक देख्न पाइन्छ । यावत् यातनाहरू भेगिसकेर प्रेतले पुनः मानवचोला धारण नगर्ने हो भने भोलिका पुरोहित बाजेहरूले गोजेरो भर्न भ्रम, भय र आतङ्गको सहाराले कसको सिकार गर्नु ?

यही नेटोमा पुगेर सकियो गरुड पुराणको तेस्रो अध्याय । हरि ओम् तत्सत् ।

एक्काइस

वृक्ष उही हो, जसको छायामा वाचक र श्रोता जुटेका छन् । कथ्य उही हो, उही वीभत्स गरुड पुराण । र, ध्येय उही हो— यन्त्रणाका प्राण–घातक कथाहरूका काँडले श्रोताहरूका आहत आत्मामा भेदन गरी आफ्नो परपीडक मनोकाङ्क्षा तृप्त गर्नु ।

“हरि ओम् तत्सत् !” पुरोहित बाजेको कण्ठ खुल्यो । प्रश्नको पन्तुरो बोकेर गरुड अघि सरे र उत्तरको धोक्रो बोकेर भगवान् उपस्थित भए । र, अब विधिवत् रूपबाट सुरु भयो कथाको अर्को प्रकरण । कुन पापले पापीहरू महामार्गमा जान्छन् ? कुन पापले ती वैतरणी नदीमा खस्छन् ? र,  कुन दोषले ती नरकमा पर्छन् ? श्री भगवान् नामक पात्रका मुखारविन्दबाट तम्तयार उत्तरहरू धारा–प्रवाह गतिमा प्रवाहित हुन थाल्छन् । उत्तरहरु झन्–झन् वीभत्स र झन्–झन् भयकारी हुँदै जान्छन् । ब्राह्मणलाई नगद र जिन्सी दान नगर्ने पापीहरू एक नरकबाट अर्को नरकमा, अर्कोबाट झन् अर्को नरकमा, झन् अर्को नरकबाट झन् अर्कोमा पुर्‍याइन्छन् । तर धर्म गर्नेहरूचाहिँ धर्मराजको पटाङ्गिनीको पूर्व, पश्चिम र उत्तर आदि दिशाको बाटो गरी यमराजपुरीको नरकतिर धकेलिन्छन् । कथा भन्छ — यो नै त्यो बाटो हो, जहाँबाट वैतरणी नदीमा पुगिन्छ ।

ती को हुन्, जो वैतरणी नदीको यातनापथतर्फ घिसारिन अभिशप्त छन् ? कथाका स्रष्टा बडीबाजेको उत्तर हाजिर छ— ब्राह्मणको हत्या गर्ने, मदिरा सेवन गर्ने, गाई वा बालकको वध गर्ने, स्त्रीको ज्यान लिने र गर्भ तुहाउने । गुरुको, देवताको, ब्रह्मणको, बालकको धन चोर्ने अथवा स्वास्नीमानिसको पेवा हरण गर्ने, साहुको ऋण नतिर्ने, नीचा जातिसँग सम्भोग गर्ने, देवताको निन्दा गर्ने, पुराण–वेद–धर्मशास्त्र अदिमाथि प्रश्न गर्नेहरू यो मार्गमा जान्छन् ।

यहाँनेर “मानव” महाकाव्य र “देवासुर संग्राम”को रचना गरी धर्मशास्त्रमाथि प्रश्न गर्ने श्री मोदनाथ प्रश्रित मृत्युपश्चात् लौरो टेकेर नरकतिर जान लाग्नुभएको दारुण दृश्य मेरा आँखाअगाडि नाच्न थाल्छ । अनि नरक जाने योग्यता पुगेका अनेक जातजाति र व्यक्तिहरूका असङ्ख्य अनुहारहरू पनि मेरो आँखा अगाडि सल्बलाउँछन् । गरिबीको रेखामुनिका गरिबहरू, मतबालीहरू, मदिराको मोर्चामा भर्ती भएका बाजेहरू आदि । कथालेखक बाजे आज्ञा गर्छन्— पतिव्रता असल स्वभाव भएकी, असल कुलकी नारीको द्वेष गर्नेहरू पनि वैतरणी नदीमै खस्छन् ।

म गम्छु, हाम्रा नारी अधिकारवादी भगिनीहरूजति सबै नै नरक जाने कुरा सुनिश्चित छ । भाग्यवादी बाजेका आँखा सापटी लिएर हेर्दै म पूर्वानुमान गर्छु, अन्जना विसङ्खे र कमला हेमचुरी, शशी श्रेष्ठ र हिसिला यमी, साहना प्रधान र अष्टलक्ष्मी शाक्य, कुन्ता शर्मा र मन्जुश्री थापा, सुसन मास्के र अञ्जु श्रेत्री, अरुणा उप्रेती र सीता पाण्डे, उषा तिवारी र संगीता लामा, शान्ता थपलिया र आर्जु देउवा, दुर्गा पोख्रेल र दुर्गा घिमिरे, भवानी छेत्री र शोभा गौतम आदि नारी अधिकारवादीहरू मृत्युपछि लस्कर लागेर नरकको यातना भोग्न कुम्भिपाकतर्फ उन्मुख हुन अभिशप्त छन् ।

यसको अर्थ, म गम्छु, हाम्रा नारी अधिकारवादी भगिनीहरूजति सबै नै नरक जाने कुरा सुनिश्चित छ । भाग्यवादी बाजेका आँखा सापटी लिएर हेर्दै म पूर्वानुमान गर्छु, अन्जना विसङ्खे र कमला हेमचुरी, शशी श्रेष्ठ र हिसिला यमी, साहना प्रधान र अष्टलक्ष्मी शाक्य, कुन्ता शर्मा र मन्जुश्री थापा, सुसन मास्के र अञ्जु श्रेत्री, अरुणा उप्रेती र सीता पाण्डे, उषा तिवारी र संगीता लामा, शान्ता थपलिया र आर्जु देउवा, दुर्गा पोख्रेल र दुर्गा घिमिरे, भवानी छेत्री र शोभा गौतम आदि नारी अधिकारवादीहरू मृत्युपछि लस्कर लागेर नरकको यातना भोग्न कुम्भिपाकतर्फ उन्मुख हुन अभिशप्त छन् ।

कथावाचन चलिरहेछ । बाजे उवाच— ब्राह्मणलाई वाचा–कवोल गरेजति दान नदिने, दिएको हरण गर्ने, दिएर पश्चात्ताप गर्ने, दान दिन लाग्दा “यतिको दिनु हुँदैन” भनी घटाउने, ब्राह्मण भएर दूध, दही, मह बेच्ने, शूद्र भएर कैली गाईको दूध खाने, शूद्र भएर जनै लगाउने, शूद्र भएर बाहुनी स्वास्नी राख्ने, अर्काकी स्वास्नी जारी गर्ने यी जम्मै वैतरणी नदीमा खस्छन् ।

ज्या है ! आफन्त र मित्रहरूको लस्कर नरकतिर जान लागेको देख्दा मेरो हृदयमा वेदनाको भुमरी पैदा हुन्छ । शूद्र जातकी स्वास्नी ल्याएर छोरालाई जात दिन इन्कार गर्ने छलफल साप्ताहिकका सम्पादक गोपाल थपलियाजीले मृत्युपछि नरकतिर ओरालो झर्नुपर्ने भयो । कैली गाईको दूध खाने दलितहरू त बस्तीका बस्ती नरक जाने नै भए । हे बाजे ! अर्काकी स्वास्नी जारी गर्ने हाम्रा ठूल्दाइलाई पनि तिमीले निकै नै उकालो पार्‍यौँ !

पुनः बाजे उवाच— इहलोकमा छँदा कालो गाई दान नगर्ने र मरेपछि काजक्रिया नभएको मानिस पनि वैतरणी नदीमै खस्न पुग्छ ।

म सम्झन्छु— राजा वीरेन्द्रको शासनको निरङ्कुश र संवैधानिक दुवै कालमा सुकुम्वासीका सहस्र छाप्राहरू भत्काइएका हुन् । सूर्यबहादुर थापा वनमारा पञ्चनेताका रूपमा धूमधामसँग कहलिएका छन् । राजा वीरेन्द्र त नरकमा गइसके होलान् नै । थापाजीलाई मृत्युपश्चात् राजा वीरेन्द्रलाई भेट्न रौरव नगरतिर प्रस्थान गर्ने कुराको गरुड पुराणले बाकाइदा प्रत्याभूति गरिदिएको देखियो । अफसोच, यमदूतहरूका हातबाट महापञ्च थापाजीको दह्रा चालले रामधुलाई हुने भयो !

कथावाचक बाजे मलाई प्रातःकालीन कागका जस्ता दृष्टिले पुलुक्क हेरेर भन्छन्, “परलोकमा ईश्वर छैन भन्ने नास्तिकले पनि नरकबास भएर अनन्त यातना खप्नुपर्छ । यो कसैगरी टार्न खोजेर टारिने कुरा होइन ।” त्यसपछि कथामा राजकीय दायित्व, नागरिक कर्तव्य र मानवीय व्यवहारका केही राम्रा प्रसङ्गहरू आउँछन् । राजा भएर प्रजाका घर भत्काउनु, आफू सशक्त र तृप्त भएर पनि अशक्त र अतृप्तलाई सरसहयोग नगर्नु, घरमा स्वास्नी छँदाछँदै परस्त्रीगमन गर्नु, वन फँडानी गर्नु र वगैँचा नष्ट गर्नु अधर्म हो । जसले यी अधर्म गर्छन्, ती नरक जान लायक छन् ।

म सम्झन्छु— राजा वीरेन्द्रको शासनको निरङ्कुश र संवैधानिक दुवै कालमा सुकुम्वासीका सहस्र छाप्राहरू भत्काइएका हुन् । सूर्यबहादुर थापा वनमारा पञ्चनेताका रूपमा धूमधामसँग कहलिएका छन् । राजा वीरेन्द्र त नरकमा गइसके होलान् नै । थापाजीलाई मृत्युपश्चात् राजा वीरेन्द्रलाई भेट्न रौरव नगरतिर प्रस्थान गर्ने कुराको गरुड पुराणले बाकाइदा प्रत्याभूति गरिदिएको देखियो । अफसोच, यमदूतहरूका हातबाट महापञ्च थापाजीको दह्रा चालले रामधुलाई हुने भयो !

अब आयो गाँट्ठी कुरो । अर्थात् गाई, ब्राह्मण र दान । कस्तो लाग्छ भने यदाकदा, आक्कल–झुक्कल कथामा पर्न गएका यी मानवीय करुणा र सहयोग, सदाचार र सद्भाव, नैतिकता र दण्डविधान, प्रकृतिप्रेम र त्यसको संरक्षणका प्रसङ्गहरू त केवल कुरूप अनुहारमा पोतिने सौन्दर्यप्रसाधनका आडम्बरी साधनहरूमात्र हुन् । केन्द्रिय, मुख्य र गाँट्ठी तत्वचाहिँ ब्राह्मण बाजेका लुव्ध बचनको पालना, उसको पाउपूजा, उसलाई मेवा–मिष्ठान्न, उसलाई दान–दातव्य, उसलाई भूमि, उसलाई हात्ती, उसलाई घोडा र उसलाई सुन नै हो ।

पुरोहित बाजेका कण्ठबाट कथाको प्रवाह निर्वाध रूपले गतिमान् छ, “देवतालाई होम र पितृलाई तर्पणादि समेत नगरी जो खान्छन् ती पापीहरू निश्चय नरकगामी हुन्छन् । जो मूर्खहरू श्री शङ्करजी, श्री पार्वतीजी, श्री विष्णु भगवान्, श्री गणेशजी र असल गुरु एवम् पण्डितको पूजा गर्दैनन्, ती पापी अवश्य नरकगामी हुन्छन् ।” कथा सुन्दै म तर्कना गर्छु— सके यतिखेर वाचक बाजेको लोभी मनले भनिरहेको होला— श्रोताहरू हो ! ख्याल गर । त्यो असल गुरु एवम् पण्डित भनेको मै हुँ । म, केवल म र फगत मैमात्र !

कथाको क्रममा यहाँनेर जातिवाद गनाउन थाल्यो, “जुन ब्राह्मणले शूद्र स्त्री अर्थात् दलित स्त्रीका गर्भबाट छोरा–छोरी जन्माउँछ ऊ ब्राह्मणपनादेखि नै च्युत हुन्छ । त्यस्तो अधम ब्राह्मण कहिल्यै पनि ढोग्न लायकको रहँदैन ।” कथामा दान–दक्षिणा खान लायकका बाजेहरूका भोगवादका कुरा त छँदैछन्, कथालाई विविधताको पुट दिन श्रृङ्गाररसका कुरा पनि कतैकतै समावेश गरिएका छन् । पुराणको पहिलो शव्ददेखि अन्तिम शव्दसम्म नारीको निन्दामात्र गर्ने कथामा नारीको यौन–तृप्तिको अधिकारका पक्षमा बाजे एउटा रोचक वचन वाचन गर्छन्, “नछुने भएर शुद्ध भइसकेकी स्वास्नीसँग सम्भोग नगरेर जुन पुरुषहरूले वैरभाव इत्यादि गर्छन्, ती पापीहरू निश्चय नरकमा जान्छन् ।”

यहाँनेर जातिवाद गनाउन थाल्यो, “जुन ब्राह्मणले शूद्र स्त्री अर्थात् दलित स्त्रीका गर्भबाट छोरा–छोरी जन्माउँछ ऊ ब्राह्मणपनादेखि नै च्युत हुन्छ । त्यस्तो अधम ब्राह्मण कहिल्यै पनि ढोग्न लायकको रहँदैन ।” कथामा दान–दक्षिणा खान लायकका बाजेहरूका भोगवादका कुरा त छँदैछन्, कथालाई विविधताको पुट दिन श्रृङ्गाररसका कुरा पनि कतैकतै समावेश गरिएका छन् । पुराणको पहिलो शव्ददेखि अन्तिम शव्दसम्म नारीको निन्दामात्र गर्ने कथामा नारीको यौन–तृप्तिको अधिकारका पक्षमा बाजे एउटा रोचक वचन वाचन गर्छन्, “नछुने भएर शुद्ध भइसकेकी स्वास्नीसँग सम्भोग नगरेर जुन पुरुषहरूले वैरभाव इत्यादि गर्छन्, ती पापीहरू निश्चय नरकमा जान्छन् ।”

यो प्रसङ्गमा मानिस र प्रकृतिको सुस्वास्थका पक्षमा र शान्ति तथा मानव कल्याणका पक्षमा पनि बाजेका मुखारविन्दबाट केही सुन्दर कथनहरू सुन्ने सौभाग्य प्राप्त हुन्छ, “जो मनुष्य शरीरबाट निस्किएको मल–विष्ठा, मूत्र, र्‍याल–सिँगान आदि आँगनमा वा पानीमा अथवा बगैँचामा, बाटामा वा गोठमा त्याग गर्छन्, ती पापी निश्चय नरक जान्छन् । जो शस्त्रास्त्र बनाउँछन् र बेच्छन्, ती निश्चय नरक जान्छन् ।”

बाजेका कण्ठबाट प्रकट भएको यो पछिल्लो वचनले मलाई अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको सम्झना गराउँछ । म विराट् हास्य–मुद्रामा तर्कना गर्छु— ज्या है ! हतियारका एकाधिकारी स्रष्टा, नियन्त्रणकर्ता, व्यापारकर्ता र प्रयोगकर्ता भएर विश्वव्यापी दादागिरीको सपना देख्ने बुश साहेब पनि निश्चय नै नरक जाने भए । अनि श्री अटलविहारी बाजपेयी र मिस्टर पर्बेज मुसर्रफ ? आफ्नो मुलुकका जनतालाई भोकै मारेर एटम र हाइड्रोजन बमको खेती गरी छेत्रीय आतङ्कको सिर्जना गर्ने यी दुई पापीको नियति पनि निको हुने देखिएन । अरुका कुरा त्यस्तै हो, आफू चरमपन्थी हिन्दूवादी भएर पनि भगवान् बाजेको आज्ञाविपरीत नरसंहारक हतियारको निर्माण गर्नमा लिप्त हुनुभएका बाजपेयी बाजेका करङ यमदूतहरूका हातबाट राम्रैसँग धुलिने भए !

कथा फेरि आफ्नो स्वाभाविक दिशातिर मोडिन्छ, र अब जातिवादमा आधारित श्रमविभाजनजन्य द्वेष भावनाका द्वारहरू खुल्न थाल्छन् । “वैश्य भएर शूद्रले गर्ने छालाको व्यापर गर्नु र केश बेच्नु नरकको बाटो लिनु हो ।” घुम्दैफिर्दै रुम्जाटार भनेझैँ कथा फेरि उही टपरीपथतर्फ उन्मुख हुन्छ । यस्तो लाग्छ, समग्रमा गरुड पुराण लोभ, द्वेष र प्रतिशोधले भरिपूर्ण निकृष्टतम् परपीडक कथा हो ।

प्रेत जब रुखका तरवाररूपी पातहरूले काटिएर ऐय्या–आत्थो गर्दै र धूलामा मडारिँदै हार–गुहार माग्छ तब यमदूतहरू हर्षले गदगद हुँदै भन्छन्, “हे पापी ! हामीले तँलाई शीलत छाया भएका वनमा ल्याएका छौँ । तँ यहाँ मजासँग सुत् ।” तिर्खाले व्याकुल भएको प्रेत जब पानी माग्छ, यमदूतहरू “लौ पी !” भनेर भकभकी उम्लिरहेको पानी उसका मुखमा खन्याउँछन् । तर पुराणलेखक बडीबाजेको रणतिअनुसार जस्तै ताडना र यातना दिए पनि प्रेत मर्दैन । ऊ कोलाहल मच्चाउँछ, ऊ मडारिन्छ, ऊ व्यर्थमा हार–गुहार माग्छ, ऊ मूच्र्छा पर्छ र अनन्त यातना खप्न ऊ फेरि बौरिन्छ ।

कथा फेरि आफ्नो स्वाभाविक दिशातिर मोडिन्छ, र अब जातिवादमा आधारित श्रमविभाजनजन्य द्वेष भावनाका द्वारहरू खुल्न थाल्छन् । “वैश्य भएर शूद्रले गर्ने छालाको व्यापर गर्नु र केश बेच्नु नरकको बाटो लिनु हो ।” घुम्दैफिर्दै रुम्जाटार भनेझैँ कथा फेरि उही टपरीपथतर्फ उन्मुख हुन्छ । यस्तो लाग्छ, समग्रमा गरुड पुराण लोभ, द्वेष र प्रतिशोधले भरिपूर्ण निकृष्टतम् परपीडक कथा हो ।

कथा फेरि अर्को दिशातर्फ उन्मुख भयो । बाजेहरूको धर्म–संहितामा पापको अक्षय फल भोगिसकेर पनि प्रेतले फेरि नारकीय शरीर पाएर नरकमै उत्पन्न हुनुपर्ने प्रावधान छ । पहिलो नारकीय जुनीमा मृत्युलोकमा आएर उसले स्थावर अर्थात् रुख, पात लहराको जुनी प्राप्त गर्छ । त्यसपछि कीट–पतङ्गको जुनी, त्यसपछि चौपाया पशुको, त्यसपछि पन्छीको, त्यसपछि जलजन्तु, माछा इत्यादिको । यसरी जब कष्टै–कष्टले भरिएका चौरासी लाख जुनीको चक्र पूरा हुन्छ, उसले बल्ल मानिसको जुनी प्राप्त गर्छ । बडीबाजेको उर्वर मस्तिष्कको कल्पनाअनुसार नरकबाट आएर उसले पाउने चाण्डालको जुनी हो । पाठकवृन्द ! यो चाण्डाल भनेको दलित हो भन्ने कुरामा कुनै सन्देह छ र ? बाजेको कथनअनुसार सामाजिक हैसियतका दृष्टिले यो चाण्डाल दलित हुन्छ, अर्थिक हैसियतका दृष्टिले गरिब हरिकङ्गाल हुन्छ र स्वास्थ्यका दृष्टिले महारोगी ।

कथालाई यहाँसम्म घिसारेर बाजेले जातिवादी प्रकरणको विट मार्दै चौथो अध्यार्य विसर्जन गरे । हरि ओम् तत्सत् ।

टाइटल फोटोको पृष्ठभूमि चित्र : https://www.facebook.com


कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।