बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको मृत्युपछि कुशको शव बनाएर दाहसंस्कार

बुधबार, ०५ कात्तिक २०७७, १३ : १८
बुधबार, ०५ कात्तिक २०७७

दमौली । मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उहाँको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप