बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ८ सय बढी प्रहरी परिचालन हुने

बुधबार, ०५ कात्तिक २०७७, १७ : ४६
बुधबार, ०५ कात्तिक २०७७

रौतहट । रौतहटमा बडादशैं, तिहार–दिपावली तथा छठपर्वमा यात्रुु तथा भक्तजनको सुरक्षाका लागि ड्रोनसहित ८ सयभन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । एसपी सिद्धिविक्रम साहकाअनुसार चाडपर्वमा कुनै पनि अप्रिय घटना नहोस् भनेर सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको हो ।

रातोपाटीसँग कुरा गर्दै एसपी साहले चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कूल ८ सय ४५ जवान परिचालन गर्न लागिएको बताए । जिल्लाको शान्तिसुरक्षा सुुदृढ बनाउन एकिकृत योजना बनाई नेपाल प्रहरी र सशस्त्रलाई मोबाईल गाडी तथा मोटरसाईकलमा परिचालन गर्ने उनको भनाई छ ।

शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त तथा एकल प्रहरी परिचालन गरिने साहले बताए । चाडपर्वमा बिशेष रुपले सुरक्षा प्रदान गर्न प्रदेश २ बाट थप ५० जना प्रहरीको टोली रौतहट आएको एसपी साहले जानकारी दिए । त्यसैगरी चाडपर्वमा सचेतनाका लागी जिल्ला प्रहरी कार्यालय मार्फत जिंगल तयार गरी जिल्लाका सबै एफएम रेडियो र सबै दुर्गापुजा स्थलमा माईक बाट प्रशारण गराइरहेको उनले बताए ।

विगतका वर्षहरुमा राजमार्गमा यात्रुुबाहक रात्रीबस तथा अन्य सवारी साधनमा हुने गरेको लुटपाटको घटनालाई मध्यनजर गर्दै यो वर्ष घटना दोहरिन नदिन विषेश सुरक्षा टिम परिचालन गरिएको साहले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप