शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

बुधबार, ०५ कात्तिक २०७७, १९ : ०६
बुधबार, ०५ कात्तिक २०७७

जुम्ला । हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्ला गाउँबाट गिरफ्तार गरेको हो । 

प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार गत असोज १९ गते  राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक १ गते  हिमा  – १ पागरपालीस्थित हिमा नदीका छेउमा शव फेला परेको थियो ।  किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा भेटिएकाले बरामद गरी प्रहरीले मुचुल्कासमेत गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यही कात्तिक १ गते शव परीक्षण गर्दा किशोरीको पेटमा तीन महिनाको शिशु थियो । प्रहरी निरीक्षक भट्टराईले भने, ‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौँ पठाउने तयारी गरिएको छ ।’  किशोरीका आफ्न्तले हत्या गरेका आरोपमा मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय डाँगीका नाममा कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गराएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप