कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो ।
मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षाको तयारी सुरु गरिने जानकारी दिनुभयो । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक छोटो खालको परीक्षा लिइने भएको छ ।
जसअनुसार बढीमा डेढ घण्टाको परीक्षा लिइने भएको छ । यसका साथै विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।
यस पटक विद्यार्थीलाई होमसेन्टरको सुविधा दिइने भएको छ । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा लिइने जनाइएको छ । कोरोना भाइरस सङ्क्रमण बढेपछि गत वैशाखका लागि तय गरिएको परीक्षा कार्यक्रम सरकारले स्थगित गरेको थियो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव