शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा बिहानै ‘हिट एन्ड रन’ : मोर्निङ वाकमा निस्केका एकको मृत्यु, एक घाइते

बिहीबार, ०६ कात्तिक २०७७, ०९ : १७
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौँ । ललितपुरमा मोर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारी पुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो ।

ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । यद्यपि, चालक भने फरार रहेका छन् ।

जीपको ठक्करबाट बाबुकाजी महर्जनको निधन भएको छ भने इमाडोलका ७० वर्षीय भाटलाल महर्जन घाइते छन् । उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप