शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता महेश बाबुले दिए बाढीपीडितलाई एक करोड

बिहीबार, ०६ कात्तिक २०७७, १० : ३४
बिहीबार, ०६ कात्तिक २०७७

मुम्बई । साउथ सुपरस्टार महेश बाबुले पाढी पिडितका लागि भारतीय एक करोड रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण तेलंगाना राज्यको जनजिवन प्रभावित भएपछि उनले सो सहयोग प्रदान गरेका हुन् ।

महेशले तेलंगानाको चिफ मिनिस्टर फन्डमा सहयोगको एक करोड जम्मा गराएका हुन् । जसको जानकारी उनले आफ्नो अफिसियल ट्वीटर एकाउन्ट मार्फत गराएका छन् । उनले सबैलाई बढी पीडितको सहयोग गर्न आग्रह समेत गरेका छन् ।

यस अगाडि पनि महेशले कोरोना भाइरस महामारीका लागि चिफ मिनिस्टर फन्डमा एक करोड रुपैयाँको समेत दान दिएका थिए । महेश फिल्म ‘सरकरु वैरी पाटा’मा कीर्ति सुरेशका साथ देखिदै छन् । फिल्मका निर्देशक परशुराम रहेका छन् ।

त्यस्तै, बालाकृष्णा, नागार्जुना र जुनियर एनटिआरले पनि ५०–५० लाख रुपैयाँ सहयोग गरेका छन् । गत हप्ता भएको भारी वर्षाका कारण तेलंगानामा ५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप