बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेमा निर्मित बालगृहको लागि यूकेमा ‘साइकल राइड फर च्यारिटी’

बिहीबार, ०६ कात्तिक २०७७, ११ : ०६
बिहीबार, ०६ कात्तिक २०७७

काभ्रेको धुलिखेलमा निर्मित बालगृहका विद्यार्थीहरुको सहयोगार्थ  गैरआवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषद‍्ले‘साइकल राइड फर च्यारिटी’ कार्यक्रमको आयोजना गर्ने भएको छ । 

आगामी नोभेम्बर ७ तारिख शनिबार बिहान १० बजे बेलायतको उलवीचबाट उक्त साइकल यात्रा शुरु भएर समुद्री तट ब्राइटनमा गएर समापन हुने आयोजकले बताएको छ । एकतर्फी ६९ माईल अर्थात एक सय ११ किलोमिटर दुरी रहेको यो साईकल यात्रा लगभग ६ घण्टा समयको रहनेछ । यात्राको क्रममा हेल्थ एण्ड सेफ्टी लगायतको जिम्मेवारी कार्यक्रम संयोजक  ‘वुल्वीच आर्सनल राइडर्स क्लब’ तथा क्लबका सदस्य हरू हेल्प नेपाल नेटवर्क यूकेका  प्रशिद्ध प्रधान, गैर आवासीय नेपाली संघ यूकेका महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरूङ, क्याट यूकेका अध्यक्ष जीवन सेन , हेल्प नेपाल नेटवर्क यूकेका सचिन श्रेष्ठ, नेपाली युथ एसोसिएशन यूकेका अध्यक्ष लक्षुमन गुरूङ तथा सुरज गुरूङ र अमिर श्रेष्ठले लिएका छन् । 

कार्यक्रमको मुख्य उद्देश्य हेल्प नेपाल नेटवर्कद्वारा निर्मित बालगृहका  बिद्यार्थीहरूको लागि माहामारीको  ‘खान पुगोस् तातो लगाउन पुगोस्’ भन्ने रहेको छ ।  संकलित रकमको केहि अंश  बुद्ध फाउण्डेसन यूकेद्वारा निर्माणाधीन अवस्थामामा रहेको बृद्धा आश्रमलाई पनि सहयोग गरिनेछ । यस कार्यको लागि यथासक्दो आर्थिक सहयोग तथा साईकल यात्रीहरूलाई शुभकामना दिन इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठले बेलायतवासी नेपाली तथा संघसंस्थाहरूलाई अनुरोध गरेका छन्।
ईच्छुक साईकल यात्रीहरूले भाग लिन वुल्वीच आर्सनल राइडर्स क्लबका सदस्य ह्यारी गुरूङलाई 07769 343006 मा सम्पर्क गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप