शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बिहीबार, ०६ कात्तिक २०७७, १२ : १२
बिहीबार, ०६ कात्तिक २०७७

सिन्धुलीको फिक्कल गाउँपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । 

भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो । 

टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकका उपाध्यक्ष पार्वती सनुवारले बताइन्। 

लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताइन् । हालसम्म वडा नं ५ र ६ का लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बुझिसकेको तथा वडा नं १, ३, ४ मा वितरण भइरहेको उनले जानकारी दिइन् । 

जिल्ला अरु स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि फिक्कलले भने कोरोनाको सङ्क्रमण फैलन सक्ने भन्दै घरैमा पुगेर भत्ता बाँड्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप