बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान

बिहीबार, ०६ कात्तिक २०७७, १२ : ३१
बिहीबार, ०६ कात्तिक २०७७

शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ ।  

एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो । सशस्त्र द्वन्द्वबाट पीडित, वैदेशिक रोजगारका क्रममा मृत्यु तथा अशक्त भएका अभिभावकका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको एकाइका प्रमुख रमाकान्त शर्माले बताए । 

वैदेशिक रोजगार छात्रवृत्ति ४० र द्वन्द्व पीडित छ गरी ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । “कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई वार्षिक रु आठ हजार र ९ देखि कक्षा १२ सम्मका लागि वार्षिक रु १२ हजार छात्रवृत्ति वितरण गरिएको हो”, उनले भने । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा अशक्त भएका व्यक्तिका सन्ततिलाई स्थानीय तहको सिफारिसको आधारमा छात्रवृत्ति प्रदान गरिएको एकाइ प्रमुख शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप