शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा, कार्तिक १२ गतेदेखि पब्लिक भोटिङ शुरू हुँदै

बिहीबार, ०६ कात्तिक २०७७, १२ : ४१
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड अन्तर्गत २०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । यसै क्रममा कार्तिक ६ गते भर्चुअल कार्यक्रम मार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितीमा आयोजकले विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको हो । यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । अन्य विधाहरूमा विभिन्न चरणको छनौट प्रक्रिया जारी छ । 

१४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको छ । यी चार विधामा यस वर्ष २ सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । आइसिटी अवार्ड २०२० मा उत्साहजनक नोमिनेशन र छनौटमा प्रतिस्पर्धा पनि उच्च रहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । 

स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रा.लि, क्रिप्टोजेन नेपाल प्रा.लि, जेनियस सिस्टम प्रा.लि, जिवी हेल्थ प्रा.लि र नेपमेड्स प्रा.लि रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, प्mयुजक्लासरूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी रहेका छन् । 

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन । राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

विभिन्न चार विधाहरूमा अवार्डमा प्राप्त नोमिनशेनहरूबाट पहिलो चरणमा सर्टलिस्ट गरिएको थियो । त्यसपश्चात् १४ जना जुरी समितले उत्कृष्ट १२ को छनौट गरेको थियो । उत्कृष्ट १२ ले जुरी समक्ष भर्चुअल माध्यमबाट प्रिजेन्टेशन तथा स्पिड डेटिङमा भाग लिएका थिए । यस वर्ष भर्चुअल माध्यमबाट स्पिड डेटिङ सञ्चालन गरिएको थियो, जुन नेपालमै सम्भवतः नौलो प्रयोग हो । यस वर्ष सबै विधाहरूमा राम्रा प्रतिस्पर्धीहरू रहेको र छनौट प्रक्रिया समेत वैज्ञानिक र प्रविधिमैत्री रहेको जुरी संयोजक सुशील पोखरेलले बताए । उत्कृष्ट ५ मा नपरेका प्रतिस्पर्धीहरू पनि उत्तिकै सफल र दाबेदार रहेको उनले बताए । 

विभिन्न चार विधाहरूको उत्कृष्ट ५ मा पर्न सफलहरूले अब पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । कार्तिक १२ गते बुधवारदेखि पब्लिक भोटिङ सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष एसएमएस, ईमेलसँगै पेमेन्ट पार्टनर ईसेवा मार्फत पनि भोट गर्न सकिनेछ ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले इन्नोभेसन र स्टार्टअपहरुले नै भोलीको समृद्ध नेपाल बनाउने हुदा सम्मान र प्रवद्धनले इकोसिस्टम विकास हुने बताए । यसैगरी प्रा.डा सुवर्ण शाक्य, पूर्व सहसचिव विरेन्द« मिश्र, उपसचिव शिव कुमार पोखरेल, इन्टरनेट फाउण्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, प्रभु बैंकका आइटी प्रमुख रत्नतार वैद्य, काडमांडौ विश्वविद्यालयका बल के बल लगायतले उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्प्रिधिलाई शुभकामना दिएका थिए । 

पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाका लागि अनलाइन आवेदन खुला गरिएको थियो, जसमा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनौट गरेर सर्वोत्कृष्टको छनौट गरिने जुरी समितिले बताएको छ । आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले यस वर्ष डिसेम्बर महिनामा आयोजना गरिनेछ । 

आइसिटी अवार्ड २०२० मा नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, एनआइटिसी, नेपाल टेलिकम, जिनस सोलुसन्स, फोन पे, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, डिस होम, इमिनेन्स वेज, टेक्नोरियो, सनवी टेक्नोलोजिज र आइडियाजार लगायतको सहकार्य र सहयोग रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप