बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षालाई ‘छलक छलक छल्क्यो माया’ भन्दै पल र शिशिर

बिहीबार, ०६ कात्तिक २०७७, १३ : १७
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । गायक शिव परियार र निरुषा भट्टराईको स्वर रहेको गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक भएको छ । दीपक सिलवालको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो पल शाह, वर्षा राउत र शिशिर भण्डारीको अभिनय रहेको छ ।

गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा एक्सन सहितको रोमान्टिक प्रेमकथा देख्न सकिन्छ । नेपाली मौलिक पञ्चेबाजा समेत प्रयोग गरिएको गीतको भिडियोमा संजय थापा र सुक्रराज शाहले एक्सन निर्देशन गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप