मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पैसा लिएरै संक्रमितको उपचार

बिहीबार, ०६ कात्तिक २०७७, १५ : ०१
बिहीबार, ०६ कात्तिक २०७७

 केन्द्र सरकारले लक्षित वर्गबाहेक कोरोना संक्रमित सबैले उपचारको लागि संक्रमित स्वयंले नै उपचार खर्च गर्ने निर्णय लिएलगत्तै, लुम्बिनी प्रदेशका नागरिकलाई भने नि:शुल्क उपचार गर्ने त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बताएका थिए  । लुम्बिनी प्रदेशले यस्तो निर्णय लिएको केही समयपछि गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निशुल्क उपचार गर्ने निर्णय लियो ।

कोरोना हटस्पट बन्दै गएको प्रदेशमा संघ सरकारले अनपेक्षित घोषणा गरे पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यो घोषणाले सबैले राहत महसुस गरेका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकबाटै यो निर्णय सदर गरिएको थियो ।

यद्यपि, मुख्यमन्त्री गुरुङको निर्णय विपरीत गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न नसक्ने बताएको छ । संघ सरकार मातहतको यो अस्पतालले बिहिवार विज्ञप्ति जारी गर्दै संक्रमित आफैले उपचार खर्च ब्यहोर्नुपर्ने बताएको छ । अस्पताल बसाइको क्रममा खानाको व्यवस्था पनि बिरामी आफैले गर्नु पर्ने छ । बिरामीले नगद धरौटी राखेर क्यान्टिनबाट यो सेवा लिन पाउने छन् । 

प्रदेशमै पहिलो कोरोना विशेष अस्पतालको रुपमा खडा गरिएको यो अस्पतालमा २ वटा भेन्टिलेटर सहित ६ वटा आइसीयू छन् । शिशुवामा रहेको लेखनाथ सामुदायिक अस्पतालमा पनि अहिले कोरोना संक्रमितको उपचार हुन्छ । यद्यपि, गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि यसै अस्पतालमा रिफर गरिन्छ । 

अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले संघ सरकारको निर्देशन अनुसार नै यस्तो निर्णय लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप