केन्द्रीय संस्करण

नोबेलको पीसीआर ल्याब दसैँमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट दिइने

person explore access_timeकात्तिक ६, २०७७ chat_bubble_outline0

नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैँमा पनि खुल्ला रहने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैँ बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।

कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दसैँको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘दसैँमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दसैँ बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौँ ।’

दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा आउनेको मात्र नभइ गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ ।    
 यता, दशैं विदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपीडी सेवा बन्द हुँने भएपनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार ईमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.