अक्सिजन उत्पादन शुरु
पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधवारदेखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र सिफारिस गरेर पठाउनुपर्ने समस्या अन्त्य भएको छ ।
गण्डकी प्रदेश सरकारबाट प्राप्त रू।६० लाखको लागतमा सो प्लान्ट जडान गरिएको हो । “अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा वा काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” उक्त अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले भने, “१५ शैयाको यस अस्पताललाई आवश्यक पर्नेजति र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ ।”
अक्सिजन नहुँदा अस्पतालले शल्यक्रियासमेत रोक्नु परेको थियो भन्दै उनले अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता आइपरेको बताए । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ ।
आवश्यक परे अस्पतालले अक्सिजन उत्पादन गरेर वितरणसमेत गर्न सक्ने भएपनि सिलिण्डरमा भरेर राख्न मिल्ने व्यवस्था अहिले नभएकाले अक्सिजन कम्प्रेसर उपकरणका लागि पनि पहल भईसकेको अध्यक्ष पहाडीले बताए । अहिले उक्त अस्पतालमा दैनिक छ सिलिण्डरसम्म अक्सिजन खपत हुदै आएको छ ।
एक सिलिण्डरमा १००लिटर अक्सिजन हुनेमा उक्त प्लान्टको उत्पादन क्षमता १६ सिलिण्डरसम्म रहेको अस्पतालका प्रमुख चिकित्सक डा।शिशिर देबकोटाले जानकारी दिए । उनका अनुसार चिसो याममा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुने गरेको र अक्सिजनको व्यवस्थाले जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री