बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक

बिहीबार, ०६ कात्तिक २०७७, १५ : ५२
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५५ सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । 

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दसैंको दिन देखि द्वादशी सम्म तिन पटक गरी रु. ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसरी दक्षिणा पठाउँदा बिबरणमा भने ‘दक्षिणा’ भनी खुलाउनपर्ने छ । महान चाड दसैंलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र  कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप