शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरनेट कम्पनीका नाममा छोरी ‘न्वारन’, १८ वर्षसम्म निःशुल्क वाईफाई

बिहीबार, ०६ कात्तिक २०७७, १६ : ४३
बिहीबार, ०६ कात्तिक २०७७

आफ्नी नवजात छोरीको नाम टीवाईफिया राख्ने एक स्विस जोडीलाई इन्टरनेट प्रदायक संस्था टीवाईफाईले १८ वर्षसम्मका लागि सित्तैमा वाईफाई उपलब्ध गराउने भएको छ । यसअघि टीवाईफाईले फेसबुकमा विज्ञापन हाल्दै आफ्ना नवजात सन्तानको छोरा भए टीवाईफस र छोरी भए टीवाईफिया राख्न दम्पत्तीहरुलाई चुनौती दिएको थियो । यस्तो गर्नेहरुलाई १८ वर्षसम्म सित्तैमा इन्टरनेट उपलब्ध गराउने उनीहरुको प्रतिबद्धता थियो ।

३० वर्षका बाबु र ३५ वर्षकी आमाले अन्ततः आफ्नी छोरीको नामाकरण टीवाईफिया नै गर्ने अनि १८ वर्षसम्मका लागि निःशुल्क इन्टरनेट चलाउने निर्णय गरे । निःशुल्क इन्टरनेट चलाउने पाएको यो जोडीले १८ वर्षसम्म इन्टरनेटबापत तिर्नुपर्ने शुल्क बराबरको रकम भने छोरीको नाममा बैङ्कमा सेभिङ गर्ने योजना बनायो । ‘मैले जति धेरै यसबारे सोचें, मेरा लागि यो नाम अझै पृथक र राम्रो लाग्यो,’ यी छोरीका बाबुले भने, ‘सुरुमा मेरी श्रीमती सहमत थिइनन्, तर उनी पनि पछि राजी भइन् ।’

यद्यपी, यो दम्पत्तीले आफ्नो नाम भने सार्वजनिक गर्न चाहेन । ‘हामी अज्ञात नै रहन चाहन्छौँ किनकी हामी यसकारण छोरीको नामाकरण ग¥यौं भनेर प्रमाणित गर्दै हिँड्न चाहदैंनौं । किनकी छोरीको नाम बचेको आरोप लागेमा त्यो सहनु हाम्रो लागि धेरै कठिन हुनेछ । हामीलाई हल्का लाज पनि लागिरहेको छ,’ यो दम्पत्तीले भन्यो ।

टीवाईफाईका मालिक फिलिप फोट्स्चले यो दम्पतीको निर्णयको उच्च प्रशंसा गरेका छन् । उनले आफ्नो कम्पनीका नाममा बालबच्चाको नामाकरण हुनु निकै सम्मानित विषय रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप