शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्साइड ब्याट्रि नेपालमा रिटेलरहरुको पहिलो रोजाई

बिहीबार, ०६ कात्तिक २०७७, १८ : २१
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग विजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एपमार्फत जम्मा भएको प्वाईन्ट बराबरको बिभिन्न उपहारहरु बितरण गरेको छ ।

उपहारहरु बितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु बितरण गरिएको हो । 

उक्त कार्यक्रममा एक्साइड ब्याट्रि नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारी भने, ‘एक्साइड ब्याट्रि च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको छ । यस संगै सिप्रदी ट्रेडिङ्गको पहलकदमीमा सिक्का एप लन्च गर्न पाउँदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी हुनुभएको छ । सिक्का एपको बिशेषता भनेको च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्नुहुनेछ वा आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्नुहुनेछ ।’  

एक्साइड ब्याट्रि नेपाली बजारमा एकदमै बिश्वसनिय र नम्बर एक ब्याट्रि हो । एक्साइड ब्याट्रि अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । एक्साइड ब्याट्रि यसको गुणस्तर, प्रोडक्ट पोर्टफोलियोका सहज उपलब्धताका कारण नेपाली बजारमा निरन्तर एक नम्बरमा रहन सफल भएको कम्पनीको दावी छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप