शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली युवाहरुले बनाए ई–कमर्स सफ्टवेयर, नेपाली सामाजिक संजालको पनि विकास गर्दै

बिहीबार, ०६ कात्तिक २०७७, १९ : ०१
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । सिर्जनशील नेपाली एक युवाहरुको समूहले स्थापना गरेको मेसटेक्स प्रालिले विभिन्न सफ्टवेयर र एपहरुको विकास गरेको छ । मेसटेक्सले नेपाली ई–कमर्स प्लाटफर्म, खाना डेलिभरी गर्ने एप, नेपटप नामक टिकटक जस्तै एप, मेसेन्जर एप, सामाजिक संजालको एप, अपरेटिङ सिस्टमलगायतका सफ्टवेयर तथा एपहरुको विकास गर्ने भएको छ । 

डिलगर्नु (dealgarnu.com)बाट बाहिर आएको यो प्लाटफर्मले अन्तराष्ट्रिय स्तरमा आफूलाई पुर्याउने जनाएको छ । डिलगर्नु डटकमले उपलब्ध गराउने विभिन्न सेवाहरु यस्ता छन् । 
–अनलाइन सपिङ तथा डेलिभरी सुविधा
–सन्तोषजनक ग्राहक सेवा
–राम्रो गुणस्तरको सामान तथा सुविधा

–ग्राहकले आफूले चाहेको सामान सजिलै खोज्न र प्राप्त गर्न सक्ने प्रावधानका साथै अनलाइनमा नभेटेको सामान, बजारबाट खोजेर भएपनि उपलब्ध गराउने प्रावधान
–ग्राहकले उत्तम मूल्यमा सामान खरिद गर्न सक्ने प्रावधान

यी सुविधासहित आएको डिलगर्नु डटकम ठूलाठूला मल्टिनेशनल कम्पनीसँग पनि प्रतिस्पर्धा गर्न सक्षम रहेको कम्पनीको दावी छ । यसका साथै नेपाली कामदारलाई रोजगारी दिने तथा विक्रीबाट हुने नाफाको ५% रकम सामाजिक कार्यमा योगदान गर्ने कम्पनीले लक्ष्य लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप