नक्कली नोटसहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् ।
नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्दा लोप्चनको साथबाट रु एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको थियो । उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु एक हजार र बर्तौला किराना पसलमा तिरेको रु छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ ।
बाँकी रकम घरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार उनको घरबाट रु तीन लाख दुई हजार बरामद गरिएको थियो । लोप्चनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसूरमा समय थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यस कसूरमा १० वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । नक्कली नोट कारोबारमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी प्रमुख गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
-
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन
-
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय भण्डारी र चौधरीको बिदाइ
-
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस
-
निर्वाचन आयुक्तको टोलीद्वारा इलाम क्षेत्र नम्बर २ को अनुगमन