गैँडाको खाग सहित ‘शिक्षक’ कपनमा पक्राउ
काठमाडौं । भविष्यका कर्णधार मानिने विद्यार्थिलाई असल बन्न सिकाउने पेशा अंगालेका एकजना शिक्षक नै खाग तस्करीमा लागेको पाइएको छ । महानगरीय अपराध महाशाखाले संरक्षित बन्यजन्तु गैँडाको खागसहित काठमाडौंको कपनमा पढाउने शिक्षक राजेन्द्र रिजाललाई पक्रेको छ ।
सुनसरीको इनरुवा नगरपालिका–७ घर भएका ४९ वर्षीय रिजाललाई गैंडाको खाग सहित चुच्चेपाटीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।
काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी स्थित पासाङ ल्हामु चोकबाट गैंडाको खाग बेच्न हिँडेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । गैंडाको खाग झापा हुँदै काठमाडौं ल्याएर बेच्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
संरक्षित बन्यजन्तुको अंगको कारोबार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यन्तु संरक्षण ऐन–२०२९ अनुसार कारवाही हुन्छ । शिक्षक रिजाललाई आवश्यक अनुसन्धान र कारवाहीको लागी जिल्ला बन कार्यालय हात्तिसार पठाइएको एसएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय