कोरोना सङ्क्रमणबाट दुईको मृत्यु
बिहीबार, ०६ कात्तिक २०७७, २१ : ५२
बुटवलको कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको आज मृत्यु भएको छ । कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।
यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना सङ्क्रमणबाट नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ । उनमा यही कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि होम आइसोलेशनमा रहेका उनको आज मृत्यु भएको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार