शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘चिलगाडी’ घोषणा

शुक्रबार, ०७ कात्तिक २०७७, ११ : ३३
शुक्रबार, ०७ कात्तिक २०७७

काठमाडौँ । फिल्म ‘चिलगाडी’ निर्माण घोषणा गरिएको छ । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म फूलपातीको अवसर पारेर घोषणा गरिएको हो ।
सेलिब्रेटी नेपाल मिडियाको ब्यानरमा संचारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्मका निर्देशक जनकदीप पराजुली रहेका छन् ।

सामाजिक कथामा बन्न लागेको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानको छायाँकन रहने फिल्मका लागि नाजिर बाहेकका कलाकार भने छनौटको क्रममा छन् । 
आगामी फागुनबाट फ्लोरमा जाने बताइएको फिल्म २०७८ सालको दशैंमा रिलिज हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप