केन्द्रीय संस्करण

हल नखुल्दा डिजिटल प्लेटफर्ममा ‘लक्ष्मी पूजा’

person explore access_timeकात्तिक ७, २०७७ chat_bubble_outline0

 काठमाडौं । फूलपातीको अवसर पारेर आज शुक्रबार रिलिज हुने बताइएको फिल्म लक्ष्मी पूजा हल नखुलेको कारण विभिन्न डिजिटल प्लेटफर्ममा मात्र रिलिज भएको छ । 
डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट एकसाथ रिलिज भएको फिल्म सलोन सलिना फिल्मस्को व्यानरमा समिर मियाले निर्देशन तथा शोभित बस्नेतले निर्माण गरेका हुन् ।

पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह र बाल कलाकार आयुषी ढकालको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा छन् ।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.