शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा डिजिटल बैङ्किङ प्रयोग गर्न बैङ्कहरुको जोड

शुक्रबार, ०७ कात्तिक २०७७, १५ : ०९
शुक्रबार, ०७ कात्तिक २०७७

कोभिड १९ संक्रमण बढेसँगै बैङ्क तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैङ्कहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरेका छन् ।

डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, पस मेसिन, क्युआर कोड लागयतबाट डिजिटल कारोबार गर्न बैङ्क तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्दै आएका छन् । कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा डिजिटल कारोबारलाई थप बढाउँदै जाने रणनीतिमा बैङ्क तथा वित्तीय संस्थाहरु देखिन्छन् ।

डिजिटल कारोबार मार्फत् एक बैङ्कबाट अर्को बैङ्कको खातामा पैसा पठाउने, आफूलाई आवश्यक बस्तुहरुको किनमेल गर्ने, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ । बैङ्कहरुले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनिय बनाउन अपनाउनुपर्ने उपायहरु अवलम्बन गरिएको बताउँदै आएका छन् । ग्

लोबल आईएमई बैङ्कका डिजिटल बैङ्किङ विभाग प्रमुख परमेश्वर श्रेष्ठले डिजिटल कारोबारलाई सुरक्षित सहज र व्यवस्थित बनाउन बैङ्कहरुले ठूलो लगानी गरिरहेको बताए । त्यसबाहेक ग्राहकले पनि आफ्नो बैङ्क खाता नम्बर, पासवर्ड कसैलाई पनि नदिए डिजिटल बैङ्किङ सुरक्षित हुने उनले बताए ।

नियामक निकाय नेपाल राष्ट्र बैङ्कले विभिन्न समयमा दिँदै आएका निर्देशिका बमोजिम बैङ्कहरुले सुरक्षाका प्रावधानहरुलाई अध्यावधिक गर्दै गएको पनि देखिन्छ । त्यसैले पनि पछिल्लो समय नेपालको बैङ्किङ सेवा अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको छ ।

सनराइज बैङ्कका डिजिटल विभाग प्रमुख प्रकाश पौडेलले पनि बैङ्कहरुले डिजिटल कारोबारमा दिदै आएका सबै सुविधाहरु सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको बताए ।

यसबाहेक डिजिटल बैङ्किङ कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहकको पनि हो । आफुले लिएका कुनैपनि बैङ्किङ सुविधाको युजरनेम, पासवर्ड कुनैपनि माध्यमबाट कुनैपनि व्यक्तिलाई नदिन बैङ्कर्सहरुको सुझाव छ । ह्याकरहरुले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाई ग्राहकहरुसँग बैङ्कले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि बैङ्कर्सहरुले आग्रह गरेका छन् । त्यसैले आधुनिक जमनाको बैङ्किङ सुविधा उपभोग गर्दैगर्दा त्यसको सुरक्षाका लागि बैङ्क मात्रै नभएर व्यक्ति आफै पनि सचेत हनुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप