बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४६६९१

शुक्रबार, ०७ कात्तिक २०७७, १६ : ३७
शुक्रबार, ०७ कात्तिक २०७७

बितेको २४ घण्टामा देशभर थप ४४९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार महिला १६९० र पुरुष २८०९ जना गरी जम्मा ४४९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार बितकेो २४ घण्टामा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण भएको थियो भने यससँगै हालसम्म कुल पीसीआर परीक्षण १३ लाख ६७ हजार १६ जना पुगेको छ । 

जसमा १ लाख ५३ हजार ८ जनामा पोजेटिभ देखिएकोमा शुक्रबार थप २६६८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ भने मृतकको संख्या ८२९ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप