शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘निदाउके सपनीमा’मा फ्रन्टलाइनमा काम गर्ने डाक्टरको प्रेमकथा

शुक्रबार, ०७ कात्तिक २०७७, १८ : १३
शुक्रबार, ०७ कात्तिक २०७७

काठमाडौं । विश्वमा कोरोना त्रास कायम झन् बढ्दो छ । कोरोना महामारीबाट सबै ढाटा भागिरहेको समय डाक्टर, नर्सलगायतले स्वस्थ्यकर्मीले भने फ्रन्टलाइनमा रहेर दिनरात नभनी काम गरिरहनु पर्ने बाध्यता छ ।
यस्तै फ्रन्टलाइनमा रहेर काम गर्दै आएका दुई डाक्टरको प्रेमकथा रहेको गीत ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ ।

फूलपातीको अवसर पारेर सार्वजनिक गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको छ । गीतमा रमेशकुमार श्रेष्ठको शब्द र एलिश कार्कीले संगीत दिएका छन् ।
गीतको भिडियोमा रिलिजको तयारीमा रहेको ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरे देखिएका छन् । एउटा कम्प्लीट छोटो प्रेमकथा बुनिएको भिडियो प्रेमकथामा बनेको सांगीतिक छोटो फिल्म भन्न रुचाउछन् यसका निर्देशक सन्तोष सेन ।

केही कारुणिक दृश्य सहित निर्माण भएको भिडियोमा बिहेपछि पहिलो पटक दशैँ मनाउने तयारी गरिरहेका एक जोडी स्वस्थ्यकर्मी मध्य एकमा कोरोना संक्रमण भएपछि उत्पन्न परिस्थिति देखाउन खोजिएको छ ।
भिडियो फिल्मका निर्माता तथा निर्देशन सन्तोष सेनले निर्देशन गरेका हुन् । फन्टलाइनमा काम गर्ने दुई डाक्टरको प्रेमकथा भित्रको पिडा भिडियोमा आफूले देखाउने खोजेको निर्देशक सेनले बताए । कोरोना महामारी बीच पनि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्ने सबै  स्वस्थ्यकर्मीको सम्मानमा भिडियो निर्माण गरिएको उनको भनाइ रहेको छ । 

तीन दिन एक अस्पतालनै बुकिङ गरेर छायाँकन गरिएको भिडियो ठुलै खर्चमा फिल्म शैलीमा तयार पारिएको छ । भिडियोमा कतैकतै सम्वाद समेत राखिएका छन् । १० मिनेट अवधिको भिडियो एउटा पूर्ण प्रेमकथाको छोटो फिल्म झै निर्माण भएको छ । 

आँशुसेन फिल्मस्को प्रस्तुतिमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधान छायाँकन रहेको गीतमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप