शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेमा थप एक संक्रमितको मृत्यु

हालसम्मकै उच्च सङ्ख्यामा कोरोना सङ्क्रमित थपिए
शुक्रबार, ०७ कात्तिक २०७७, २१ : ४३
शुक्रबार, ०७ कात्तिक २०७७

कोरोना भाइरस सङ्क्रमणका कारण आज बनेपा नगरपालिकाका एक ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा उती पुरुषको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । यो सहित काभ्रेपलाञ्चोकमा नौ पुरुष र सात महिला गरी १६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

विगत २४ घण्टामा काभ्रेपलाञ्चोकमा हालसम्मकै उच्च सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । आज ६१ पुरुषसहित ११० मा कोरोना सङ्क्रमण देखिएको छ । आज २८ जना कोरोनामुक्त भई घर फर्किएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।

झाका अनुसार आज थपिएका सङ्क्रमितमध्ये मध्ये बनेपा नगरका ५४, पनौती नगरका आठ, धुलिखेल नगरका २६, नमोबुद्ध नगरका छ, मण्डनदेउपुरका छ, पाँचखालका पाँच तथा बेथानचोक गाउँपालिकाका एक, चौंरीदेउरालीका एक, रोशीका दुई तथा खानीखोलाका एक रहेका छन् । आज ११० थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ८१ पुगेको छ । यसमध्ये ६२ प्रतिशत अर्थात् ९१५ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप