शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

शनिबार, ०८ कात्तिक २०७७, ०६ : ३८
शनिबार, ०८ कात्तिक २०७७

विसं २०७७ साल कात्तिक ८ गते शनिबार । इस्वी सन् २०२० अक्टोबर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी,  १३ घडी १८ पला, बिहान ११ बजेर २९ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराषाढा, ०१ घडी ३९ पला, बिहान ०६ बजेर ५० मिनेट उप्रान्त श्रवण । योग–धृति, ०२ घडी ५२ पला, बिहान ०७ बजेर २९ मिनेट उप्रान्त शूल । करण–बव, बिहान ११ बजेर २९ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ९ मिनेट, सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेट । दिनमान २८ घडी ६ पला । शारदीय नवरात्र । अष्टमी,  महाअष्टमी व्रत । कालरात्रि । गोरखकाली पूजा । संयुक्त राष्ट्रसङ्घ दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :  साङ्गीतिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनेजस्तो सफलता हुने हुँदा मन प्रसन्न रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा संस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित काम समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित काम समयमा नै सम्पन्न हुनेहुँदा मन प्रसन्न रहनेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) : समय तथा परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नु होला । काम बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दूरी बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाइनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । समय मध्ययम रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) : व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । भौतिक सम्पत्ति जुट्नुको साथै विलासी जीवन व्यातित गर्न सकिनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) : पुराना समस्या तथा विवादित विषयलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैयाँ पैसा बचत गरी नयाँ व्यापार व्यवसायमा लगानी गर्न सकिनेछ । घरपरिवार तथा सामाजिक निर्णय तपाईंकै पक्षमा हुने हुनाले मन प्रसन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साइड लाग्नेछन् । आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) : अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) : राजनीति तथा समाज सेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्य लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृढ भएर जानेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) : साहसिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न होइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ भने मनग्य धन सम्पत्ति हात लाग्ने योग छ । माया प्रेममा विश्वासको वातावरण बढ्नेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) : पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यबीच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यवसायमा लगानी गरी आम्दानीका स्रोत थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाज सेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) : विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दूरीको विदेश यात्रा हुनेयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तको सल्लाह बमोजिम अगाडि बढ्नुहोला । गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ मिष्ठान्न भोजन गर्ने अवसर जुर्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पत्तिको प्रयोगमार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको व्यापार व्यवसायमा लगानी गर्ने वातावरण बन्ने हुनाले मनग्य धन लाभ हुने योग रहेको छ । पुराना कामबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ । माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने घरपरिवारका सदस्यबाट सहयोग पाइने छ । विद्या तथा प्रतिस्पर्धामा अरू दिनभन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषि डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप