बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर कारागारमा कैदीबन्दीलाई खसी

शनिबार, ०८ कात्तिक २०७७, ०८ : २५
शनिबार, ०८ कात्तिक २०७७

कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ  । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप