जब करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा
एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो ।
करीनाले बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा अमृता र करीनासँग सम्बन्धित एक खुलासा गरेकी थिइन् । जुन कुरा सुनेर धेरै आश्चर्यमा परेका थिए । करीनाले अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् । यद्यपि, उनले अमृतासँग मनबाट नै इज्जत र माया भएको बताएकी थिइन् ।
करीना अमृताका दुई सन्तान सारा अली खान र इब्राहिम अली खानसँग विभिन्न कार्यक्रम तथा समारोहमा भेटघाट गरिरहेकी तस्बिर सामाजिक सञ्चालमा चर्चामा आउने गर्छ तर उनले अमृतासँग भेटेको भने कतै पनि देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई