मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

शनिबार, ०८ कात्तिक २०७७, ११ : ४१
शनिबार, ०८ कात्तिक २०७७

जनकपुर – धनुषामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ६५ वर्षीया महिलाको कोरोना संक्रमीत भएर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक बिजयकुमार झाले जानकारी दिए ।

ती महिलालाई एकाएक ज्वरो लागेको र श्वास प्रश्वासमा कठिनाइ भएपछि शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । 

भर्ना गरिएकै दिन उनको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । शुक्रबार  राति ८ बजेतिर कोरोनाको रिपोर्ट पोजेटिभ आएको र ति महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको निमित्त निर्देशक झाले बताए ।

अहिलेसम्म धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप