शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपको खुल्ला बजारमा भएन किनमेल गर्नेको चहलपहल

शनिबार, ०८ कात्तिक २०७७, १४ : ४८
शनिबार, ०८ कात्तिक २०७७

दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन । 

काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मूख्य बजार हो । तर यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन । व्यापारीहरुले ग्राहक नआउँदा दुई तीनदिनमा एकपटक मात्रै बोहनी हुने गरेको बताउँछन् । कोभिड १९ संक्रमण जोखिम रोकथामका लागि लामो समय लकडाउन हुँदा मानिसहरुको आम्दानी गुमेको छ ।

 खासगरी निम्न वर्गहरु यसबाट अझबढी प्रभावित भएका छन् । त्यसैलेपनि यो बजारमा आउने ग्राहकहरु यस वर्ष कम छन् । भृकुटीमण्डपको यो बजार असोज ३ गते यता निरन्तर खुल्दै आएको छ । दशैंको बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरु चिन्तित देखिन्छन् । अघिल्लो वर्ष भन्दा यस वर्ष ७५ प्रतिशत व्यापार भटेको उनीहरुको भनाइ छ ।

सस्तो र राम्रो सामान पाउने भएकाले पनि यो बजारमा मानिसहरु किनमेलका लागि पुग्ने गर्छन् । यो बजारमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीहरु सस्तोमा पाउन सकिन्छ ।  भृकुटीमण्डपको सस्तो बजार ठूलो पनि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप