बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै बुबालाई घरको छतबाट फालेर हत्या गर्ने छोरा पक्राउ

शनिबार, ०८ कात्तिक २०७७, १६ : ०६
शनिबार, ०८ कात्तिक २०७७

दाङ । आफ्नै बुबालाई घरको छतबाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिवार बिहान आफ्नै ४५ बर्षीय बुबा बालाराम बिकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी सामान्ने विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे प्रहरीलाई शनिवार विहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप