बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एल क्लासिको : ढल्दै गरेको साम्राज्यको भिडन्तमा कसले मार्ला बाजी ?

शनिबार, ०८ कात्तिक २०७७, १७ : ४६
शनिबार, ०८ कात्तिक २०७७

विश्वका दुुई एलिट टिमहरुबीचको प्रतिस्पर्धा क्लासिको फुटबलको उत्सव हुनुपर्ने हो, तर शनिबार (नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुने)  यस्तो अवस्था हुनेछैन । बरु, आजका साम्राज्य कसरी भोलि खरानी बन्छन् भनेर सायद यसले प्रदर्शन गर्नसक्छ ।

गत सिजनको च्याम्पियन्स लिगमा पावर सिफ्ट देखियो, म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई अन्तिम १६ मा हरायो भने बार्यन म्युनिखले बार्सिलोनालाई धुलो चटायो । अब, जतिबेला बार्सिलोनाले क्याम्प नाऊमा रियल म्याड्रिडको स्वागत गर्छ, तब केही प्रत्यक्षदर्शीहरु सुन्दर  खेलको मिठो स्वादको अपेक्षा गरिरहेका छैनन् ।

एथलेटिको म्याड्रिड र सेभियालाई यो खेलसँग विषेश सरोकार हुनेछ किनकी उनीहरुले आफैं राम्रो खेल्न सके भने यो सिजन उनीहरुका उपाधि जित्नसक्ने सुवर्ण अवसर हुनेछ, सन् २०१४ मा डिएगो सिमोनीको एथलेटिकोले उपाधि जितेयता ला–लिगा उपाधि बार्सा र रियालकै कब्जामा छ ।

बार्सिलोना यस खेलमा केही राम्रो टोलीका रुपमा देखिन्छ, तर यसले थोरैमात्र कथा बोल्छ ।

गत सप्ताहन्तमा गेटाफेसँग १–० ले पराजित भएको बार्सा सेभियासँग १–१ गोलको बराबरीमा रोकियो । बार्साले आक्रमणमा जे गरिरहेको छ, त्यसको तयारी पूरा भएको छैन भन्ने यसले दर्शाउँछ । यद्यपी, यस्ता दाबीको जवाफ दिँदै रोनाल्डो कोम्यानको टिमले च्याम्पियन्स लिगमा फेरेन्कोभारोसलाई ५–१ ले हरायो । ‘जब तपाईले खेल जित्नुहुन्छ । तीन अंक हासिल गर्नुहुन्छ र पाँच गोल गर्नुहुन्छ, तब तपाई खुसी हुनसक्नुहुन्छ,’ केम्यानले भने, ‘हामी पुरै खेल अवधिभर यही रफ्तारमा खेल्नसक्ने क्षमता राख्छौं, हामी साँच्चै राम्रो टोली हौं ।’

बार्सासँग पक्कै पनि मेस्सी हुनेछ । यद्यपी अवस्था फरक छ । यो सिजन ओपन प्लेमार्फत गोल गर्न लियोनेल मेस्सी अहिलेसम्म सफल भएका छैनन् । उनले ५ खेलमा २ गोल गरेका छन् र दुुबै पेनाल्टीबाट हो । कोम्यानको यो टोलीमा उनको स्पष्ट पोजिसन छैन र अहिले खेलिरहेको सेन्ट्रल रोलमा उनले राम्रो गर्ने कल्पना गर्न गाह्रो छ । पेप गार्डीओलाको प्रशिक्षणमा ‘फल्स नाइन’ का रुपमा खेल्दा उनीसँग जुन गति थियो, त्यो अहिले कायम छैन । तर फिलिपो काउटिन्हो अहिले मेस्सीभन्दा पछाडि नम्बर १० का रुपमा खेलिरहेका छन्, अर्थात् त्यस्तै स्पेस कब्जा गरिरहेका छन्, जसकारण मेस्सीलाई राम्रो गर्न कठिन छ ।

मेस्सी क्लबका सर्वकालिन सर्वोत्कृष्ट गोलकर्ता हुन् र संभवत अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन्, उनी यो सिजन क्लबमा बस्न चाहदैन थिए । र, उनी बिना बार्सिलोना राम्रो हुन्छ भनेर दाबी गर्नु असम्भवयजस्तो देखिएपनि बार्साको रणनीतिक सेटअप उनले छाड्दा पनि अहिलेजस्तै नै देखिन्छ ।

बार्यनबाट फर्किएयता काउटिन्होले प्रभाव जमाएका छन्, तर, इमानदार भएर भन्ने हो भने उनले ऋणमा जानुुअघि जति खराब खेलेका थिए, त्यस्तो खेलेका छैनन् । यी ब्राजिली खेलाडीलाई बार्सिलोनाले कीर्तिमानी मुल्य तिरेको थियो, तर उनी आफ्नो टिमका खेलाडी खेलाडीसँग उस्तै तालमेल राख्न सक्दैन् । सायद, उनलाई अर्का ब्राजिली कासिमिरोले क्लासिकोमा मार्क गर्नसक्छन् । १ सय २० मिलियन युरो मुल्य परेका एन्टोनियो ग्रिजम्यानले पनि बार्सामा आफ्ना लागि ठाउँ भेटाएका छैनन् । उनले अन्तर्राष्ट्रिय ड्युटीका क्रममा गत साता खुलेयाम यसबारे गुनासो गरे । जवाफ स्वरुप यी फ्रेन्च फरवार्डलाई कोम्यानले गेटाफेविरुद्ध अग्रपंक्तीमा खेलाए, तर त्यसले काम गरेन । फ्रान्सिस्को ट्रिन्काओले फेरेन्कोभारोसविरुद्ध देखाएको उत्कृष्ट प्रदर्शनका कारण क्लासिकोमा ग्रिजम्यान बेन्चमै थन्कनुपर्ने पनि हुनसक्छ । उस्मान डेम्बेले पनि फेरेन्कोभारोसविरुद्ध उत्कृष्ट देखिए, उनले एक गोल गरे र अर्को एसिस्ट गरे । तर यी फ्रान्सेली खेलाडीमाथि धेरै अपेक्षा गर्न क्याटालोनियामा प्रतिबन्ध छ । उनले २०१७ मा बोरुसिया डर्टमुन्डबाट बार्सिलोना आएयता कमैमात्र खेलमा राम्रो गरेका छन् । यसका बाबजुद उनी स्टार म्यान हुनु भनेको बार्सिलोना कति अस्थिर छ भनेर झल्कनु हो, कम्तिमा अहिलेको अवस्थासम्म ।

बार्सिलोना यस्तो अवस्थामा छ भने म्याड्रिड अझै नै खराब अवस्थामा छ । नर्वेली मार्टिन ओर्डिगार्ड एक महिनासम्मका लागि मैदानबाहिर छन् ।  डेनी कार्भाहालल, अल्भारो अड्रीयोजोला र इडेन हाजार्ड पनि आज रियलका लागि उपलब्ध हुनेछैनन् । चोटका कारण कप्तान सर्जियो रामोस नै खेल्ने–नखेल्ने दुविधा कायमै छ । यदी बार्सिलोनाले गोलका लागि संघर्ष गर्नुपरेको छ भने म्याड्रिडले केवल यसको सपनामात्रै देख्नसक्छ ।

म्याड्रिडका पछिल्ला ५ गोलमध्ये ३ गोल भेनिसियस जुनियरले गरेका छन् । त्यस्तै लुका मोडरिकले लामो दूरीबाट अर्को गोल गरेका थिए भने करिम बेन्जामाले पहिलो हाफअघिको इन्जुरी समयमा लेमान्टेविरुद्ध गोल गरेका थिए । गत सिजन रियल म्याड्रिडले धेरैजसो खेल १ गोलको अन्तरले जितेको थियो । तर त्यतिबेला गोलको खडेरीले अर्थ राखेन । जब तपाईसँग कम खेल हुन्छन् र त्यसको अन्त्यपछि उपाधि संघारमा हुन्छ, तब सबै राम्रोजस्तो देखिन्छ । तर, सिजनभर यस्तो अवस्थाले खेल्न टोलीलाई गाह्रो हुन्छ (यदी त्यसलाई सिमोनीले प्रशिक्षण दिएका हुुन्नन् भने ।)

पछिल्लो समय ३३ मिनेटभित्रै दुुई गोल खाएपछि च्याम्पियन्स लिगमा साख्तर डोनेस्कसँग रियल म्याड्रिड  ३–२ ले पराजित भयो । यसअघि नै ला–लिगामा काडिजसँग १–० ले पराजित हुँदा डिफेन्समा देखिएको कमजोरी सच्चाउन नसक्नु रियलको सबैभन्दा ठूलो गल्ती थियो । त्यसैले पहिलो हाफभित्र ३–० को अग्रता बनाइसकेको साख्तर तीन अंक बटुल्न सफल भयो ।

‘मलाई यो समस्या समाधान गर्नसक्छु जस्तो लाग्छ, म त्यसका लागि प्रयास गर्दैछु,’ जिदानले खेलपछि भनेका थिए,‘र खेलाडीहरुले पनि यसका लागि प्रयास गरिहेका हुनेछन् । हामी समाधान खोज्नेछौं ।’

रियलले बार्सिलोनासँग भिड्नुुअघि नै यो समाधान निस्किसकेको हुनेछ भनेर म्याड्रिडका समर्थकहरुले आश गर्नुपर्नेछ ।  

गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप