बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विपक्षीको पोष्टमा आयाक्सको रेकर्ड १३ गोल

आइतबार, ०९ कात्तिक २०७७, ०८ : ०९
आइतबार, ०९ कात्तिक २०७७

डच महारथीले लिग इतिहासकै सबैभन्दा ठूलो जीत हासिल गर्दै भीभीभी भेन्लोलाई पराजित गरेको छ । १० खेलाडीमा सिमित भेन्लोमाथि आयाक्सले १३–० को विशाल जीत हासिल गर्न सफल भएको हो ।

यसअघि, सन् १९७२ भिटेसेविरुद्ध आफैले बनाएको १२–१ को जीतको कीर्तिमालाई आयाक्सले उछिन्न सफल भएको हो ।

आयाक्सको जीतमा युवा खेलाडी लासिना ट्राओरे एक्लैले ५ गोल गरे भने योर्गन एक्लेनकाम्प र क्लास यान हुन्टेलारले २–२ गोल गरे । १९ वर्षीय ट्राओरे मार्को भान बास्टनपछि लिगमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन् । डुसान टाडिच, एन्टोनी, डेली ब्लीन्ड र लिजान्ड्रो मार्टिनेजले एक–एक गोल गरे ।

यसअघि आयाक्सले सन् १९८४ मा यूईएफए कपमा डिभरडान्गेलाई १४–० गोलअन्तरले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप