शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कोरोना संक्रमित चार जनाको एकैदिन मृत्यु

आइतबार, ०९ कात्तिक २०७७, ०९ : १८
आइतबार, ०९ कात्तिक २०७७

पोखरा । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार मृतक चारैजना पोखरा महानगरपालिका निवासी हुन् ।

पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका ७ बजेर ४५ मिनेटमा चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । कोभिड–१९ संक्रमित उनलाई निमोनियाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ । असोज ३० गते उपचारका लागि भर्ना गरिएका उनमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय पुरुषको पनि शनिबार बिहान गते ९ः३० मा गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड–१९ सहित निमोनियाको समस्या रहेको उनमा कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अर्का मृतक पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय पुरुष हुन्। उनको शनिबार दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारको क्रममा निधन भएको हो ।
कोभिड–१९ सहित निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या भएका उनलाई कार्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
निर्देशनालयले दोस्रो विज्ञप्ति जारी गर्दै थप एकको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । अर्का मृतक पनि पोखराकै हुन् ।

पोखरा महानगरपालिका–१५ का ५२ वर्षीय महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो । उनमा शनिबारमात्रै  कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनको शव ब्यवस्थापनको तयारी भरहेको छ भने अन्य तीन जनाको शव व्यवस्थापन भइसकेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप