शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – बग्दादमा बिस्फोट, १ सय ५५ को मृत्यु

आइतबार, ०९ कात्तिक २०७७, ०९ : २८
आइतबार, ०९ कात्तिक २०७७

आज २५ अक्टुुबर । इराकको बग्दादमा दुुईवटा गाडीमा फिट गरिएको बम बिस्फोट हुँदा कम्तिमा १ सय ५५ जनाको मृत्यु भयो भने ७ सय २१ जना घाइते भए । एउटा मिनिभ्यान र अर्को २६ सिटे बसमा बिस्फोट भएको थियो । 
कानून मन्त्रालय र बग्दाद प्रान्तीय काउन्सिल भवनलाई निशाना बनाएर स्थानीय समयअनुसार १० बजेर ३० मिनेट जाँदा यी बिस्फोट गराइएको थियो । कानून मन्त्रालयदेखि ५० मिटर पर रहेको स्थानीय मन्त्रालय र केही सार्वजनिक कार्यालयहरुमा पनि क्षति पुुग्यो ।

मृत्यु हुनेमा कानून मन्त्रालयका ३५ कर्मचारी र बग्दाद प्रान्तिय काउन्सिलका २५ जना कर्मचारी पनि थिए । त्यस्तै, तीनजना अमेरिकी नागरिकको पनि मृत्यु भयो । कानून मन्त्रालय नजिकैबाट बच्चाहरु बोकेर जाँदै गरेको बसमा पनि बिस्फोटको असर प¥यो, जसकारण दुुई दर्जन बालबालिका र ड्राइभर मारिए भने ६ जना बालबालिका घाइते भए । बिस्फोटका कारण सेन्ट जर्ज चर्चमा ठूलो क्षति निम्तिएको थियो । 
अगस्ट २००७ पछि बग्दादमा भएको यो सबैभन्दा दर्दनाक अक्रमण थियो । 

तत्कालीन इराकी सहायक गृहमन्त्री अहमद अल खाफाजीका अनुसार यी बमहरु बिस्फोटस्थलबाट नजिकैको ग्रिन जोनभित्रै तयार गरिएको थियो । ‘बिस्फोटको योजना बनाएकाहरु इस इलाका नजिकै घर भाडामा लिएर बसेजस्तो देखिन्छ,’ उनले भनेका थिए । 

मार्च ११, २०१० मा ईराकी प्रहरीले मुनफ अब्दुल रहिम अल रावीलाई घटनाको मुख्य योजनाकारका रुपमा पक्राउ ग¥यो । ईस्लामिक स्टेट अफ ईराकका नेता अलरावीले अगस्ट २००९ देखि बग्दादका धेरै स्थानमा बिस्फोट गराएको ईराकी सेनाको दाबी थियो । उनी पक्राउ परेको एक महिनापछि नै अलकायदाका नेताहरु अयुुब अल मस्री र अबु ओमर अल बग्दादी अमेरिकी–ईराकी सेनाको संयुक्त कारबाहीमा मारिए । 

अन्य घटनाक्रम
१७६०– आफ्ना हजुरबाबुजर्ज दोस्रोको निधनपछि राजा जर्ज तेस्रोद्धारा बेलायतमा गद्दीआरोहण । 

१९२७– ईटालियन जहाज ब्राजिली तट नजिकै समून्द्रमा डुुब्दा ३ सय १४ जनाको मृत्युु । 
१९७१– संयुक्त राष्ट्रसंघमा गणतन्त्र चीनको साटो जनगणतन्त्र चीनको प्रतिनिधित्व । 
१९८३–  अमेरिका र उसका क्यारेबियन सहयोगीहरुद्धारा ग्रेनेडा कब्जा, यस घटनाको ६ दिनअघि ग्रेनेडाका प्रधानमन्त्री माउराईस बिसोप र उनका धेरै समर्थकहरु सैन्य कुका दौरान मारिएका थिए । 
१९९७– गृहयुद्धपछि डेनिस सास्सोऊ नेगुस्सोद्धारा आफुलाई गणतन्त्र कंगोको राष्ट्रपति घोषणा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप