शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिट गरी  आमाको हत्या

आइतबार, ०९ कात्तिक २०७७, ११ : ५६
आइतबार, ०९ कात्तिक २०७७

घरायसी विवादमा पुनर्वास नगरपालिका –३  सुकुम्बासी बस्तीकी  महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् ।  साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप