बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उल्लासपूर्ण छैन मन्त्रीहरुको पनि दसैँ : केही संक्रमित भएर आइसोलेनमा, केही मन्त्रालयको कामको अध्ययन गर्दै

आइतबार, ०९ कात्तिक २०७७, १२ : ४६
आइतबार, ०९ कात्तिक २०७७

कोरोना संक्रमणका कारण आम सर्वसाधारणको जस्तै नेपाल सरकारका मन्त्रीहरुको पनि यसपटकको दशै फरक ढंगले बित्दैछ । वाहालवाला ३ मन्त्री कोरोना संक्रमणको सिकार भएर उपचार गराइरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरहेका छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङलाई पनि कोरोना संक्रमण भएका कारण आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । यस्तै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईपनि कोरोना संक्रमणपछि उपचार गराइरहेका छन् । 

नवनियुक्त केही मन्त्रीहरुले भने दशैको विदाको बेलामा आफूले पाएको नयाँ मन्त्रालयले गर्नुपर्ने कामकाजको बारेमा अध्ययन गर्ने तयारी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ र उर्जामन्त्री वर्षमान पुनले आफ्नो मन्त्रालयको कामबारे अध्ययन गर्ने वताएका छन् । हामीले नेपाल सरकारका केही मन्त्रीहरुसँग उहाँहरुको दशै कसरी बित्दैछ भन्ने बारेमा जान्ने प्रयास गरेका छौं ।

यस्तो छ केही मन्त्रीहरुको यसवर्षको दशैं

प्रधानमन्त्री केपी शर्मा ओली : कार्यकर्ता, सर्वसाधारणलाई टिका नलगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैं सरकारी निवास वालुवाटारमा मनाउनेछन् । उनले आफ्ना बुवाको हातबाट टिका ग्रहण गर्नेछन् । अघिल्ला वर्षहरुमा जस्तो उनले यसपटक पार्टीका नेता, कार्यकर्ता तथा सर्वसधारणलाई टिका लगाइदिने छैनन् । कोरोना संक्रमणका कारण परिवारका सीमित सदस्यहरु बिच मात्रै प्रधानमन्त्री ओलीको दशैको समय बित्दैछ ।

पर्यटनमन्त्री, शिक्षामन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई कोरोना संक्रमण : आइसोलेशमा उपचार गराउँदै

गत कार्तिक ३ गते कोरोना संक्रमण देखिएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङमा आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । आफू विरामी भएकोले घरमै उपचार गराइइरहेको मन्त्री नेम्वाङले रातोपाटीलाई जानकारी दिए । स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि घरबाटै चिकित्सकसँग सल्लाह गरिहेको उनले बताए । गत असोज २३ गते संक्रमण भएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई पनि आइसोलेसनमा उपचाररत छन् । 

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलपनि कोरोना संक्रमणपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । मन्त्री पोखरेल यसअघिका दशैको बेला बर्दिवासमा रहेको आधारशिला कम्युनमा राजनीतिक छलफल गर्दै दशै मनाउने गर्दथे ।

उर्जामन्त्री वर्षमान पुन : कोरोनाका कारण रोल्पा जाने कार्यक्रम स्थगित

उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनको यसपटकको दशैं मन्त्री क्वाटर पुल्चोकमै बित्नेछ । यसवर्षको दशैमा आफ्नो निर्वाचन क्षेत्र रोल्पा जाने तयारीमा रहेका मन्त्री पुनले आफ्ना सवारी चालकलाई कोरोना संक्रमण भएपछि परिवार सहित आइसोलेशनमा बसेका छन् । यसवर्षको दशै मन्त्री क्वाटरमै बसेर मनाउने मन्त्री पुनले रातोपाटीलाई जानकारी दिए । यसअघि कन्ट्रयाक ट्रेसिङमा नेगेटिभ रिर्पोट आएपनि फेरी एकपटक स्वाव परिक्षणका लागि दिन लागेको उनले बताए ।

उनले भने–‘यसपटक यस्तो महामारी पनि छ, जनताको दुःख अप्ठेरोपनि छ । अहिले खुसी भन्दापनि संक्रमित भएकाहरुलाई स्वास्थ्यलाभको कामना गर्ने र अरुलाई सुरक्षित बस्न सन्देशसहित मनाउने । मन्त्रालयको आगामी कामहरु कसरी अगाडी बढाउनेभनेर अध्ययन गर्ने, आफ्नो मन्त्रालय अन्र्तगत रहेका विभिन्न विषयहरुको अध्ययन गर्ने, आगामी कामको तयारी गरेर दशैको समय विताउने योजना बनाएको छु ।’

दशैंका बेला टिका नलगाउने मन्त्री पुनलाई घर गएका बेला बुवाआमाले चामलको सेतो टिका लगाइदिने गर्नुहुन्थ्यो । यस्तै उनले दशैका बेला आफ्ना कर्मचारी, सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई दशैको टिका लगाइदिने गरेका थिए । यसवर्ष भाउजुको निधन भएर जुठो परेकोले परिवारमा टिका पनि नभएको मन्त्री पुनले जानकारी  दिए ।

सञ्चारमन्त्री पार्वत गुरुङ : मन्त्रालयको काम अध्ययन गर्ने

महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सरुवा भएका मन्त्री पार्वत गुरुङले यो वर्षको दशैमा मन्त्रालयको कामकारवाही अध्ययन गर्ने बताएका छन् ।

उनले आफ्ना ८७ वर्ष उमेरका वुवाको हातबाट टिका लगाउँदैछन् । टिकाका लागि उनका बुवा काठमाडौंमा आइसेकेका छन् । कोरोना संक्रमणको संकटका कारण यो वर्षको दशै सामान्य रुपमा मनाउने मन्त्री गूरुङले रातोपाटीलाई जानकारी दिए ।

उनले भने–‘नेपाल सरकारको प्रतिनिधिको हैसियतले आफ्नो विषयगत मन्त्रालयको अध्ययन गर्ने, विभिन्न विषयसँग सम्बन्धित सामग्रीहरुको अध्ययन गर्ने, दशैपछि काम अघि बढाउन अध्ययन गरेर आफूलाई तयार पार्ने, कोभिडका कारण प्रत्यक्ष भेटघाट गर्न नमिनेपनि टेलिफोन लगायतका सञ्चारमा माध्यमबाट सवैसँग भेटघाट छलफल गर्ने, सवैलाई शुभकामना आदानप्रदान गर्ने, आफ्नो जिम्मेवारीलाई पालना गर्नका लागि थप अध्ययन गर्ने योजना बनाएको छु ।’

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ : मन्त्रालयको कामको योजना बनाउने

नवनियुक्त शहरी विकास मन्त्रीले यसवर्षको दशैं मन्त्रालयको कामकाजेको आध्ययनमा बिताउने योजना बनाएका छन् । फुलपातीको दिन मन्त्री क्वाटर पुल्चोकमा मन्त्रालयका सचिवलाई बोलाएर आवश्यक छलफल गरेको उनले बताए ।

आफूले पाएको जिम्मेवारी कूसलतापूर्वक पूरा गर्न विभिन्न विषयहरु जान्ने बुझ्ने काममा दशैको समय उपयोग गर्ने उनले मन्त्री श्रेष्ठले बताए ।

उनले भने–‘जुन उत्साह र खुसीले मनाउनुपर्ने हो, कोभिड १९ को कारणले गर्दाखेरी घर घरमा दुःखद स्थिति सिर्जना भएको छ । विगतको जस्तो रमाइलो गरेर मनाउँने भन्दापनि आफू सुरक्षित भएर, संक्रमणबाट सचेत भएर आफ्नो गच्छे अनुसार मनाउँनुपर्छ ।’

८ वर्षको उमेरमा आमा वित्नुभएको र वुवाको पनि निधन भएकोले उनले आफ्नो परिवारमा दशैको टिका थाप्ने जेष्ठ नागरिक कोही नभएको बताए । आफ्नो निर्वाचन क्षेत्रका जनतासँग दशै बनाउने गरेपनि यसपटक कतै जाने भन्ने योजना नरहेको मन्त्री श्रेष्ठको भनाई छ । उनले मन्त्रालयको काममा नै आफू केन्द्रीत हुने बताए । उनले भने–‘अब गफ गर्ने र समय विताउने बेला छैन, काम र परिणाम दिने बेला छ । यो छोटो समयमा आफ्नो मन्त्रालयगत कुरामा नै म केन्द्रीत हुन्छु । पाएको जिम्मेवारीलाई सफलतापूर्वक अगाडि बढाउने र कामको अभियान थालनी गरेर जनतालाई परिणाम देखाउने काममा केन्द्रीत भएको छु ।’

कानून मन्त्री शिवमाया तुम्बाहाङ्फे : जुठो परेर टिका छैन

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फे दशैका अवसरमा माइती जिल्ला तेह्रथुम पुगेकी छिन् । यसपटक माइतीमा भाउजुको निधन भएर जुठो परेकोले टिका नरहेको मन्त्री तुम्वाहाङफेले बताइन् ।

उनले मन्त्रालय अन्र्तगत रहेका काम आफू्र तेह्रथुममा रहेर पनि इन्टरनेट एप्लिकेशन जुन, टेलिफोनबाट निर्देशन दिएर काम गरिरहेको जानकारी दिइन् । मन्त्रालयमा रहेको विधेयक समितिको काममा छलफल गर्दै आवश्यक निर्देशन दिइरहेको उनले बताईन् ।

उनले आफ्नो माइतिघरमा आफ्ना साथीभाई, नातागोता भेट्ने, जनप्रतिनिधीसँग भेटघाट गर्ने, सरकारी निकायका कर्मचारीसँग भेटघाटको काम चरिहेको उनले बताए । तेह्रथुम जिल्ला प्रशासन कार्यालयले गरेको कार्यक्रममा सहभागी भएको, सरकारी कर्मचारीसँग भेटघाटको काम गरिरहेको बताइन् । परम्पारागत ढंगले दशैं मनाउने छुट्टै तरिका भएपनि जनताको प्रतिनिधि भएको हैसियतले मन्त्रालय अन्र्तगतका कामहरु गर्दै पनि दशै मनाइरहेको बताइन् ।

महिला वालबालिका मन्त्री लिलानाथ श्रेष्ठ : यसवर्षको दशै नमनाउने

महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले यो वर्षको दशै नमाउने बताएका छन् ।  देश कोरोनाको संकटमा परेकोले कोरोना रोकथामका लागि स्थानीय जनप्रतिनिधि मार्फत जनचेतना जगाउने काममा लाग्ने उनले बताए । आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय तहहरुको बैठक राखेर जनचेतना जगाउने काममा अघि बढेको उल्लेख गरे । भर्खरै नयाँ मन्त्रालय सम्हालेका कारण मन्त्रालयले हेर्ने विभिन्न निकायहरु समाजकल्याण परिषद, वालकल्याण लगायका विभिन्न निकायका कुराहरु बुझेको र विज्ञहरुसँग सल्लाह लिएर कुन मोडालिटीमा काम गर्ने भन्ने बारेमा योजना बनाउने उल्लेख गरे ।

महिला, बालवालिका तथा जेष्ठ नागरिकको कसरी हीत गर्न सकिन्छ, महिला हिंसा तथा बेचबिखन कसरी नियन्त्रण गर्न सकिन्छ,  त्यसबारेमा नयाँ योजनाहरु बनाउने बताए ।

उनले आफ्नो परिवारमा यसपटक टिका नलगाउने, जे कामपनि ब्यक्तिगत दुरी कायम गरेर गर्ने उल्लेख गरे । सरकारले नै नेपाली जनतालाई यसवर्षको टिका नलगाउन भनेकोले आफैले टिका लगाउदा राम्रो अर्थ नजाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप