गौरमा विशेषज्ञ चिकित्सक तत्काल नियुक्त गर्न माग गर्दै रिले अनशन

रौतहट । रौतहट स्थित जिल्ला अस्पताल गौरमा विशेषज्ञ चिकित्सक नियुक्तिको माग गर्दै आजदेखी रिले अन्सन सुरु गरिएको छ । झन्डै साढे सात लाख जनसंख्या रहेको जिल्लाको एक मात्र जिल्ला अस्पताल सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएर जनताको ज्यानसँग खेलवाड गरेको भन्दै रिल अन्सन सुरु गरिएको हो ।
दरबन्दी अनुसारको ९ वटै विशेषज्ञ डाक्टर तत्काल जिल्ला अस्पताल रौतहट गौरमा पठाइ सेवा सुचारु गराउन एचपी एस फाउन्डेसनका संयोजक हेमप्रसाद साहको अगुवाइमा एक टोली आइतबार बिहान ११ बजेदेखि अस्पतालको मुलगेटमा रिले अन्सन बसेको छ ।
जनताको स्वास्थ प्रति स्थानीय, प्रदेश तथा संघीय सरकार गम्भीर नभएकालेदवाब स्वरुप आज देखि रिले अन्सन सुरु गरिएको संयोजक साहले बताएका छन् ।
दरबन्दी अनुसारको चिकित्सक हाजिर नभए सम्म प्रत्येक दिन बिहान ११ः०० बजे देखि ४ः०० बजे सम्म जिल्ला अस्पताल गौर को गेटमा रिले अनशन जारी रहने उनको भनाइ छ ।
रौतहट जिल्ला अस्पताल गौरमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल एकजना डाक्टर कृष्ण साहले मात्र सेवा दिरहेको अन्सनमा सहभागी युवा महमद समसादले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ