सामसुङका अध्यक्ष ली कुन–हीको निधन
आइतबार, ०९ कात्तिक २०७७, १३ : ४६
विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उनी ७८ वर्षका थिए।
कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।
लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो ।
सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द