विवाह बन्धनमा बाँधिदै ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार
सोमबार, १० कात्तिक २०७७, ११ : ३७
शाहरुख खान, काजोल र रानी मुखर्जी अभिनित हिट चलचित्र ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा देखिएका परजान दस्तूर विवाह बन्धानमा बाँधिने भएका छन् । परजानले गत वर्ष अक्टुबरमा डेलना श्रौफसँग इन्गेजमेन्ट गरेका थिए ।
सोही समयको फोटो शेयर गर्दै उनले सन् २०२१ को फेब्रुअरीमा विवाह गर्न लागेको जानकारी दिएका हुन् । परजानले लेखेका छन्, ‘एक वर्षपघि यो त्यो सुन्दर दिन थियो, जब उनले हुन्छ भनेकी थिइन् । अब केवल ४ महिना बाँकी छ ।’
परजानले कुछ कुछ होता हे पछि मोहबते, कहो ना प्यार हे, हाथका अन्डा, ब्रेक के बाद, हे दिल बार बार, कभी खुसी कभी गम लगायत चलचित्रमा अभिनय गरेका थिए । सन् २००९ मा उनले पीयूष झाको चलचित्र सिकन्दरमा मुख्य भूमिका निभाएका थिए ।